भारतमा नेपालीः एउटा ट्रकमा पचासौ जना कोचिएको यो दृष्य , कहिले पुगिएला घर ?

भारतमा नेपालीः एउटा ट्रकमा पचासौ जना कोचिएको यो दृष्य , कहिले पुगिएला घर ?

  • बुधबार, जेष्ठ ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 21.3K
    SHARES

मुम्बई । यो तस्वीर मुम्बईबाट नेपाल आउन ट्रकमा कोचिएका नेपालीहरुको हो । तपाई यसमा देख्न सक्नु हुन्छ मालसामान बोक्ने ट्रक कसरी भाडाको गाडी बनेको छ नेपाली मजदुरका लागि । यो त्यही नेपालीहरुको दृष्य हो जो भारतको मुम्बईमा रोजीरोटी गुमे पछि आफ्नो मातृभूमि फर्किन बाध्य नेपालीहरुको हो । करीब ५० जना सम्म एउटै ट्रकमा कोचिएर उनीहरु नेपालको सुदुरपश्चिम प्रदेशको गौरीफन्टाका लागि हिडेका छन् । जहाँबाट उनीहरु आफ्नो देश प्रवेश गर्दै गृह जिल्ला शिवनाथ गाँउपालिकामा रहेको घर पुग्ने सपना बोकेका छन् ।
यो ट्रकमा यसरी कोचिएर यात्रा पनि उनीहरुलाई कसैले सित्तैमा गराईदिएको छैन । उनीहरुले जनही ४ देखि ५ हजार रुपैया तिरेर आउदैछन् । शायद आज नै उनीहरु आईपुग्न सक्ने छन् गौरीफन्टामा ।


भारतको स्थानीय सरकारले राहत र खाना नदिने भए पछि र नेपाली संघ संस्थाले पनि अब पाल्न नसक्ने स्थिति भए पछि उनीहरु गर या मरको स्थितिमा पुगे पछि यसरी हिड्न बाध्य भएका हुन् ।
यसरी मात्रै के हुने गर्भवती, सुत्केरी, हिडेरै संयौ किलोमिटर पार गरेर आउदा पनि सजिलै घर जान पाएका छैनन् । उनीहरु स्वयंले असुरक्षित महसुस गरीरहेका छन् ।
मुम्बईबाटै बैशाख ३० गते बाके पुगेर क्वारेन्टाईनमा राखिएका २५ बर्षे युवाको कोरोनाले ज्यानै लियो , त्यो पनि उपचार नपाएर ।
अझ प्रधानमन्त्रीले नै ससदमा भारतबाट आएको भाईरस कडा रहेछ भनेर बोलेको सुनेका नेपाली श्रमिकहरुले पीडा महसुस गरीरहेका छन् । सीमानाबाट आफ्नो देश छिर्दा कोरोनाकै भारी बोकेर ल्याए जस्तो गर्छन्, यहाँ खान पाउनै छाडियो, मरे पनि आफ्नै देशमा मरिन्छ भनेर उनीहरु कम्मर कसेर आईरहेका छन् ।
लाखौ मान्छे देशमा रोजीरोटी नभए पछि मुम्बईको गल्ली देखि भारतका अनेकौ ठाँउमा श्रम पशिना बेच्न बाध्य छन्, अझ देश फर्किन समेत यत्रो अपमान जस्तो र पीडा जस्तो भए पछि उनीहरुको मन अझ अमिलो भएको छ , यसरी यात्रा गरेर नेपाल आएका हरु भन्छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी