जेष्ठ ६ काठमाण्डौं । भारतले नेपाली भूमि कालापाली, लिपुलेक र लिम्पियाधुरामा अतिक्रमण गरे पछि चलिरहेको बिबादका सन्दर्भमा चीनले आफ्नो धारणा सार्वनिक गरेको छ ।
कालापानी सीमा विवाद नेपाल र भारतको सरोकारको विषय भएको भन्दै चीनले दुई छिमेकीले एकपक्षीय कदम बन्द गरेर मैत्रिपूर्ण संवादमार्फत आफ्नो विवाद हल गर्ने आशा व्यक्त गरेको छ ।
नेपाल–भारत सीमा विवादबारे भारतीय सेनाका प्रमुख जनरल एमएम नरवणेले दिएको अभिव्यक्तबारे मंगलबार पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा चिनियाँ विदेशमन्त्री झाओ लिजियानले यस्तो बताएका हुन् ।
भारतीय सेना प्रमु्खले नेपालले सिमा विवाद कसैको उक्साहटमा उठाएको भनी चीनप्रति लक्षित गरेका थिए । त्यसै गरी नेपालले पनि २०७३ सालमा लिपुलेकमा व्यापारीक नाका खोल्ने भारत र चीनबीच भएको सम्झौताको समेत नेपालले बिरोध गर्र्दै आएको छ ।
‘कालापानी नेपाल र भारतबीचको विषय हो र हामीलाई आशा छ दुई देशले आफ्नो विवाद सही तरिकाले मैत्रिपूर्ण परामर्शमार्फत हल गर्नेछन्,’ झाओले भने ।
उनले अवस्थालाई असहज बनाउने सबैखाले एकतर्फी कदम नेपाल र भारतले गर्न नहुने पनि बताए ।
यसअघि नेपाली भूमी हुँदै चीनसँग जोडिनेगरी भारतले निर्माण गरेको ८० किलोमिटर लामो सडकको उद्घाटन भारतीय रक्षामन्त्री राजनाथ सिंह गरेका थिए ।