काठमाडौं भक्तपुरदेखि झापासम्म एकै दिन २७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४०२ पुग्याे

काठमाडौं भक्तपुरदेखि झापासम्म एकै दिन २७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४०२ पुग्याे

कालिमाटी, सफाइ कर्मचारी, गोगंबु क्षेत्रकाे परीक्षणमा सबै रिपोर्ट नेगेटिभ

  • मङ्लबार, जेष्ठ ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.8K
    SHARES

काठमाडौं, ६ जेठ ।  मंगलबार एकै दिन २७ जनामा कोरोना पुष्टि भएकाे छ । याे सँगै  नेपालमा कोरोना संक्रमितको संख्या ४०२  पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मंगलबार एकै दिन २७ जना नयाँ संक्रमित भेटिएका हुन् ।  नयाँ संक्रमितहरूमा १७ वर्षदेखि ४२ वर्ष उमेर समूहका छन् ।

संक्रमितमध्ये २४ पुरुष र तीन महिला रहेकेा मन्त्रालयले जनाएकाे छ ।  झापाको ९, मोरङ र सुनसरीको एक-एक, सर्लाहीको दुई, काठमाडौंको तीन, भक्तपुरको एक, मकवानपुरको एक, रामेछापको एक, ललितपुर एक, सिन्धुली एक, लम्जुङको एक, कपिलवस्तुको चार र नवलपरासीको एक गरी जम्मा २७ जनामा मंगलबार संक्रमण पुष्टि भएको हो ।

जम्मा संक्रमित ४०२ मध्ये ३४० पुरुष र ६२ महिला छन् । आज भेटिएकाहरूकाे कन्ट्रयाक ट्रेसिङको काम सुरु भएको देवकोटाले जानकारी दिए ।

अहिलेसम्म नेपालमा पीसीआर विधिबाट ३२ हजार ६ सय ४ र  आरडीटी विधिबाट ७४ हजार ६ सय ४९  जनाको परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट दुई हजार दुई सय ८० र आरडीटी विधिबाट पाँच हजार ८९  जनाको नमुना परीक्षण गरिएको छ।

२१ हजार ६ सय २३ जना क्वारेन्टाइनमा छन्। उपत्यकामा १७  र बाहिर ४४० गरेर आइसोलेसनमा ४ सय ५७ जनालाई राखिएको प्रवक्ता देवकोटाले जानकारी दिए । मंगलबार विराटनगरस्थित कोसी अस्पतालमा उपचार गराइरहेका झापाका ६२ वर्षीय पुरुष डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या ३७ पुगेको छ।

काठमाडौंका विभिन्न स्थामा नमुना परीक्षण गर्दा काठमाडौंका कालिमाटी, सफाइ कर्मचारी, गोगंबु क्षेत्रमा भएका परीक्षणमा सबै रिपोर्ट नेगेटिभ आएको प्रवक्ता देवकोटाले जानकारी दिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ