जेष्ठ ६ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १८ साल सम्म नेपालले जनगणना गर्ने, तिरो उठाउने काम भएको नेपालको लिम्पियाधुरा, कालापानी , लिपुलेकमा अवरोध भए पछि १९६२ पछि भारतीय सेना बसे पछि त्यो भूमिमा जान नेपाललाई रोकिएको र त्यस बेलाका शासकहरुले पहल गर्न नसकेको भन्दै अब लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता लिने घोषणा प्रधानमन्त्रीले गरे ।
नेपालको भुमि कब्जा गरेर भारतले विवादास्पद बनाएको भन्दै नेपालले अर्घल्याई नगरेको भन्दै कुटनीतिक प्रयास र अठोटबाट नेपालको भूमि फिर्ता लिई छाड्ने प्रतिवद्धता जनाए ।
सत्य मेव जयते कि सिंह मेव जयते ? म भारतलाई सोध्ने छु प्रधानमन्त्रीले भने ।
उनले कुनै पनि देश सानो या ठुलो , विकासमा अगाडी या पछाडी पर्न सक्छ तर सबै देशको राष्ट्रियता समान हुने सन्देश दिएका छन् ।
उनले सदनको बजेट अधिबेशनलाई संवोधन गदै नेपालको नक्सा जारी भएको बिषयमा बोल्दै हरेक देशले स्वतन्त्रतापुवर्क आफ्नो स्वाधीनताको प्रयोग गर्न पाउनु पर्ने बताए ।
अहिलेको सरकार नेपाली जनताले बनाएको र कसैको आशिर्वादमा नचलेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले कुनै पनि देशको आशिर्वादबाट वर्तमान सरकार ढल्ने कल्पना नगर्न पनि स्पष्ट पारे ।
उनले भारतको नामै नलिईकन राणा शासनको समाप्ती पछि देखि नै नेपालको उत्तरी सिमानामा १७ वटा चेकपोष्ट राखेर, नेपालको मन्त्रीपरिषद्को बैठकमै भारतीय राजदुत राखिएको स्मरण गर्दै त्यस्तो कुरा कल्पना समेत गर्न नसकिने बताए ।
यसै गरी उनले आफूहरुले पूर्ण लोकतन्त्र सबै बृद्धबृदा सडकमा बस्न नपर्ने, बालबालिका सडकमा बस्न नपर्ने गरी सुखी नेपाली, समृद्ध नेपालको नारा अगाडी बढाएको भन्दै समावेशी र समाजिक विकास सहितको लोकतन्त्र मात्र पूर्ण हुने भएकाले समाजवादउन्मुख व्यवस्था भनिएको बताए ।
नेपालमा अब कुनै पनि तानाशाहको उदय हुन नसक्ने भन्दै राज्यलाई बलियो बनाउने र जनताप्रति उत्तरदायी हुने , शासक हैन सेवक बन्ने राज्य अलिेको विश्वको आवस्यकता रहेकोमा उनले जोड दिए ।
विश्वमा हजारौ पटक विश्व ध्वस्त पार्न सक्ने बम बनाउने, जिडिपी र प्रतिव्यक्ति आए धेरै देखिने देशहरुमा समेत सडकमा बालबालिका हिडिरहेको दृष्य देख्दा त्यस्ता सरकारहरुलाई सरम लाग्नु पर्ने हो , प्रधानमन्त्रीले भने ।
अब कोरोना भाईरस सिंगो विश्व र मानवजातिको चुनौती भएकाले सिगो देश एक जुट भएर अघि बढ्नु पर्ने प्रधानमन्त्रीले अपील गरे ।
उनले कोरोनाले गर्दा नेपालको सामथ्र्य केही कमजोर भएको भन्दै उत्पादन , सामाजिक उत्तरदायित्व सबै पूरा गर्न सरकार लागि पर्ने बताए ।
आर्थिक प्याकेज अवस्था हेरेर निर्धारण गरिने बताउदै अब वडा वडामा क्वारैन्टाईन बनाएर बाहिरबाट आउनेलाई पनि व्यवस्थित गरिने बताए ।