जेष्ठ ६ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा चीनबाट, ईटालीबाट , बेलायतबाट आएको भाईरस नरमै देखिए पनि भारतबाट सरेको भाईरस भने कडा भएको टिप्पणी गरेका छन् ।
यस भाईरसले विस्वलाई हल्लाएको र मानवजातिको अस्थीत्वमा खतरा पैदा गरेको प्रधानमन्त्री ओलीले बताए ।
अहिले सम्म एक मात्र देशले कोरोना मुक्त देश घोषणा गरेको भन्दै बाहिरबाट आउनेलाई रोक्न नसकिएकाले कोरोना मुक्त घोषणा गर्न नसकिएको प्रधानमन्त्रीले बताए ।
जनप्रतिनिधि, बारिबाट आउने दबाब आदि कारणले अहिले कहाँबाट , को बाट सर्यो भनेर पनि ट्रेसिङ गर्न अझै नसकिएको प्रधानमन्त्रीले बताए ।
उनले कोरोना मुक्त नेपाल बनाउन सिंगो राष्ट्र एक जुन हुनु आवस्यक रहेको बताए ।
संसदको बजेट अधिबेशनसमा सवंोधन गरीरहेका प्रधानमन्त्री ओलीले विश्वभरकोरोनाबाट प्रभावितको आकंडा पनि प्रस्तुत गर्दै देशमा भएको परीक्षण, आईसोलेसनको संख्याका बारेमा पनि विवरण पेश गरेका छन् । अस्थीरता ल्याउने केही प्रयास बाहेक सरकारलाई ब्यापक जनसमर्थन रहेको उनले बताए ।
अहिले प्रधानमन्त्रीले सदनमा संवोधन गरीरहेका छन् ।