जेष्ठ ६ बीरगञ्ज । पर्सा ६ जेठ घरबाट दुध किन्न निस्केका होटेल व्यवसायी नागेन्द्र पटेललाई बसपार्कमा कार्यरत असई लालबाबु साहले कुनै कारण नै सोधपुछ नगरी गाली गलौच गर्दै निर्मम तरिकाले निर्घात कुटपिट गरी खुट्टा भाँचेको घटनाप्रति स्थानीय आक्रोसित भएका छन् । उनीहरुले दोषी प्रहरीमाथि कार्बाहीको माग पनि गरेका छन् । लकडाउन र निषेधाज्ञाका बेला पनि अत्यावस्यक बस्तु किन्न हिड्न पाईने भनिए पनि दुध किन्न गएका पटेलका खुट्टै भाचिने गरी प्रहरीले पिटेपछि बिरोध बढेको हो ।
नयाँ बसपार्कबाट नेसनल मेडिकल कलेज जाने मोडको पसलमा दुध लिन पुगेपछि बसपार्कमा खटेका प्रहरी सहायक निरिक्षक लालबाबु साहले उनलाई कहाँबाट आएको, कहाँ जान लागेको, भन्दै केरकार गर्दै जहाँबाट आएको उतै फर्किन आदेश दिए । उनि घर फर्कने पछाडि मुडे तर प्रहरी सहायक निरिक्षक साहले हातको लाठी कसेर बेस्सरी खुट्टामा हाने , पटेल त्यही ढले । लकडाउन प्रभावकारी बनाउँने क्रममा प्रहरीले सार्वजनिक क्षेत्रमा कुटपिट र नियन्त्रणमा लिने क्रम बढे पछि स्थानीयले बिरोध जनाएका हुन् । स्थानिय प्रशासनले जिल्लामा कोरोना संक्रमणको संख्या हवात बढेपछि गत बैशाख ३० गतेदेखि जेष्ठ ५ गते राती १२ बजेसम्म जिल्लाभरी निषेधाज्ञा समेत जारी गरेको थियो ।
स्थानिय प्रशासनले लकडाउनमा अतिआवश्यक खरीद गर्नमा रोक भने लगाएको छैन । दैनिक उपभोग्य, बच्चा लाई दुध, खाद्यान्न लगायत अतिआवश्यक बस्तु खरीद गर्नमा कुनै रोक लगाएको छैन । तर स्थानिय प्रहरीले घरबाट दैनिक उपभोग्य बस्तु खरीद गर्न निस्कना साथ नियन्त्रणमा लिई निर्घात कुटपिट गर्ने गरेको गुनासो बढेको छ ।
आईतबार नेपाल दुरसंचार कम्पनीका सेवानिवृत्त कर्मचारी हाल बसपार्कमा होटल व्यवसाय गर्दै आएका ६७ बर्षिय नागेन्द्र पटेल स्थानिय प्रहरीको चपेटामा परेर खुट्टा नै गुमाउँनु परेका छ । लकडाउँनबाट प्रभावित वीरगन्ज १६ निवासी पटेल आफनो २ जना नातिनिको लागि बसपार्क स्थित पसलमा दूध लिन जाँदा प्रहरीले नियन्त्रणमा लिई निर्घात कुटपिट गरेका कारण खुट्टा भाचियो ।
पछाडि फर्किने बित्तिकै प्रहरी सहायक निरिक्षक साहले उनको दाहिने खुट्टामा अन्धाधुन लठ्ठी हान्न थाल्यो र पटेल त्यही ढले । पहिलेदेखि चिनजानका व्यक्तिले उनलाई देखेपछि उद्दार गरेर आफै बोकेर घर पु¥याए । हिँडडुल गर्न नसकेपछि छोरा गुन्जनले बिहान करिब ८ बजे उपचारका लागि उनलाई नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल लगे ।
अस्थाई प्रहरी चौकी बसपार्कका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) विजय शाहीले हालसम्म पीडित उजुरी गर्न नआएका े बताए ।
यसअघि पनि चिकित्कस, औषधी व्यवसायी, पत्रकार, स्थानिय खुद्रा किनारा तथा तरकारी व्यवसायी माथि दुव्र्यवहार गरेका कारण पर्सा प्रहरीको आलोचना हुदै आएको छ ।
घटनाका दोषी प्रहरीलाई तुरुन्त कारवाही गर्न माँग समेत उठ्न थालेको छ । काँग्रेस निकट नेपाल विद्यार्थी संघका पर्साका अध्यक्ष विकास तिवारीले घटनामा संलग्न प्रहरी सहायक निरिक्षक साहलाई कडा कारवाही नगरी हामी प्रहरी विरुद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन ।
तिवारीले आफनो फेसबुक वालमा पिडित पटेलको फोटो सार्वजनिक गर्दै लेखेका छन, पिडितलाई उचित न्याय तथा घटनामा संलग्न दोषी प्रहरीलाई कारवाही नगरे त्यस प्रहरी विरुद्ध आन्दोलनमा उत्रिने समेत जानकारी गराउँछौ ।