लकडाउनको मौकामा फोटो स्टुडियोभित्रै यौन धन्दा , पाँच जना पक्राउ

लकडाउनको मौकामा फोटो स्टुडियोभित्रै यौन धन्दा , पाँच जना पक्राउ

  • मङ्लबार, जेष्ठ ६, २०७७
  • दीपक चौरासीया  

  • 35.8K
    SHARES

जेष्ठ ६ बीरगञ्ज । बिरगंजकोआदर्शनगर स्थित कैलाश चोक नजिक रहेको चित्रलेखा स्टुडियोमा प्रहरेले छापामारी गरेर पाचै जनालाई पक्राउ गरेको हो । लकडाउनको मौका छोपेर वीरगन्जको आदर्शनगरमा रहेको एक फोटो स्टुडियो यौनधन्दा चलाएको आरोपमा दुई युवतीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानियको सुचनाको आधारमा एसटिएफका प्रहरी नायब निरीक्षक सुर्य चौधरीको नेतृत्वमा खटेका प्रहरी टोलिले स्टुडियोका सञ्चालक बैजु प्रजापती र दुई जना युवतीसहित अन्य दुई जना युवकलाई पक्राउ हो ।

कैलाश चौकमै सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी बिट रहेको छ । प्रहरी बिटमा २४ घण्टा प्रहरी तैनाथ गरिएको छ । प्रहरी बिटसँगै रहेको भवनमा टासिएर स्टुडियो लकडाउनमा पनि गोप्य रुपमा सञ्चालन भइरहँदा प्रहरीको ध्यान  नपुगेको स्थानीयको गुनासो थियो ।  पक्राउ गरेका पाचै जनालाइ आवश्यक अनुसन्धान लागि जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाइएको प्रहरी नायब निरीक्षक चौधरीले बताए । प्रहरी स्टुडियोमा छापामारी गर्न प्रवेश गरे पछि युवतीहरुलाइ स्टुडियोको पर्खाल माथी बनाइएको गोप्य रुममा लुकाईएको अवस्थामा उनिहरूलाई नियन्त्रणमा लिएको थियो ।

यता प्रहरीले घटना बारे अनुसन्धान भइ रहेकोले अहिले केही भन्न नमिल्ने बताएको छ । स्थानियले दिएको सुचनाको आधारमा दुई युवती सहित पाचै जनालाई स्टुडियो बाट पक्राउ गरेका हौ ,थप अनुसन्धान भइ रहेको पर्सा प्रहरीले जनाएको छ । ‘

स्थानियले दिएको सुचनाको आधारमा दुई युवतीसहित पाचै जनालाई स्टुडियो बाट पक्राउ गरेका हौँ । लकडाउन तथा निषेधाज्ञाको धज्जी उठाउँदै स्टुडियोका सचालक प्रजापतीले स्टुडियोमा यौनधन्दा चलाउँदै आएको स्थानियले आरोप लगाएका छन् । थप अनुसन्धान भइ रहेको छ’ पर्सा प्रहरी नायब उपरीक्षक बिरेन्द्र बहादुर शाहीले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ