रोल्पा सानो लिबाङका २२ वर्षीय युवकको आइसोलेसनमा मृत्यु

रोल्पा सानो लिबाङका २२ वर्षीय युवकको आइसोलेसनमा मृत्यु

  • मङ्लबार, जेष्ठ ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.8K
    SHARES

रोल्पा, ६ जेठ । रोल्पा लिबाङका एक युवाको अस्पतालको आइसोलेसनमै रहेको वेला मृत्यु भएको छ। रोल्पा नगरपालिका १ सानो लिबाङका २२ वर्षीय युवकको सोमवार दिउँसो अस्पतालको आइसोलेसनमै रहेको वेला मृत्यु भएको हो ।

लामो समयदेखि मृगौला रोगबाट प्रभावित युवकलाई काठमाडौंको टिचिङ अस्पतालमा डाइलासिस गराएर गृह जिल्ला फर्काइएको पारिवारिक स्रोतले जनाएको छ।

टिचिङबाट फर्काएका उनलाई आइतबार राती साढे १० बजे रोल्पा अस्पताल रेउघामा भर्ना गरिएको थियो। घरमा भन्दा गृह जिल्लाकै अस्पतालमा हेरचाह र उपचार सहज होस् भनेर परिवारले युवकलाई घर नलगेर अस्पताल पुर्‍याई आइसोलेसनमा राखिएको बताएका छन् ।

आईसोलेसनमै रहेको वेला युवकको मृत्यु भएको अस्पतालकी डा. धनमाया घर्तीमगरले जानकारी दिईन्।

दुई वर्षयता युवक मृगौला समस्याले थलिएका थिए। पटकपटक डाइलासिस गराउँदै आएका उनको राजधानीको अस्पतालबाट फर्किएपछि मृत्यु भएको हो। मृगौला पीडित भएपनि विभिन्न अस्तालबाट फर्किएकाले आईसोलेसनमा राखेर उपचार थालिएको थियो। आइसोलेसनमै मृत्यु भएकाले कोरोना संक्रमण भए नभएको जाँच गरिने मेडिकल सुपरिटेण्डेट डा. घर्तीमगले वताईन्। अस्पतालमा युवको आरडिटी जाँच गर्दा नेगेटिभ आएको जनाईएको छ। पिसिआर संकलन गरि परिक्षणका लागि पठाउने व्यवस्था मिलाएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

लामो समयदेखि मृगौला पीडित रहेकाले परिवारले शव बुझेर सुरक्षित रुपमा अन्त्यष्टि गर्ने भएका छन्। अस्पतालले मृतक युवकको शव सुरक्षित रुपमा र्याप गरेर परिवारलाई हस्तान्तरण गर्ने भएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ