काठमाडाैं, ५ जेठ ।सोमबार राति थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषा, खोटाङ, बाँके नैरनापुर, दैलेख र सुनसरीमा कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नरैनापुरमा १२ जना, धनुषाामा २ जना, खाेटङ हलेसिमा १, दैलेख आठबिसमा १ जना, सुनसरीमा १ र झापामा १ जना गरि १८ जनामा संक्रमण देखिएकाे मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।
अहिलेसम्म सुरक्षीत रहेकेा कर्णाली प्रदेशमा पनि काेारेना छिरेकाे छ ।कर्णालीकाे दैलेखमा साेमवार १ जनामा काेारेना पुष्प्रटि भएसँगै नेपालका सातै प्रदेशमा काेारेना फैलिएकाे छ ।
यसैगिर खाेटाङ जिल्ला र सुनसरीमा पनि पहिलाेपटक काेारेना संक्रमण देखिएकाे हाे ।

यसैबीच, प्रदेश १ बाट थप एकजना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत झापा दमक ३ का ६२ वर्षीय देउमान मङ्ग्राती डिस्चार्ज भएका छन् । अस्पताल भर्ना भएको २५ दिनपछि उनलाई डिस्चार्ज गरिएको हो ।
पछिल्लो पटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानवहादुर वस्नेतले जानकारी दिनुभयो ।
मङ्ग्रातीलाई वैशाख १२ गते भर्ना गरिएको थियो । मङ्ग्राती डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १८ पुगेको छ । २२ जना उपचाररत रहेका छन् । उपचाररत सवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।