जेष्ठ ५ काठमाण्डौं । सरकारले नीति तथा कार्यक्रममा घुमाउरो भाषामा एमसीसी छिराउन खोजेको आशंका गर्दै नेकपाका बरिष्ठ नेता झलनाथ खनाल र भीम रावलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई खबरदारी गर्दै पत्र लेखेका छन् ।
खनाल एमसीसी बारे पार्टीले बनाएको कार्यदलका संयोजक थिए भने रावल सदस्य । त्यही हैसियतमा उनीहरुले ३१ बुदे पत्र लेखेका छन् । कार्यदलमै केही बुदामा असहमति राखेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली भने एमसीसीको पक्षमा रहदै आएका छन् ।
पत्रमा आर्थिक वर्ष २०७७–७८ का लागि सरकारको नीति तथा कार्यक्रममा नेपाल सरकार तथा एमसीसीका बीच भएको सम्झौतामा उल्लेखित विद्युत प्रशारण लाइनसम्बन्धी आयोजना समावेश भएको भन्दै आपत्ति जनाएका छन्। बुँदा नम्बर २११ मा लेखिएको छ लप्सीफेदी-रातमाटे–हेटौंडा र लप्सीफेदी-रातमाटे-दमौली-बुटवल ४०० केभी प्रशारण लाइन निर्माण कार्य अघि बढाइनेछु भनी नेपाल सरकार र एमसीसीका बीच भएको सम्झौतामा उल्लेखित आयोजना जस्ताको जस्तै राखिएको छ। यसले प्रतिनिधिसभामा अनुमोदनको लागि नेपाल सरकारले पेश गरेको उक्त सम्झौताका सम्बन्धमा पार्टीको मार्ग निर्देशन अनुरुप हुनुपर्ने केन्द्रीय कमिटीको निर्देशन विपरीत हुन लागेको त होइन भन्ने आशंका जन्माएको छ।’
बाकीँ पूरै पत्रमा हेर्नुस् के के लेखिएको छ :
https://www.mirmireonline.com/wp-content/uploads/2020/05/Letter-to-Chairman-77-2-4-1.pdf