काठमाडौँ जेष्ठ ५ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ५७ पुगेको छ । आज थप ५३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३५७ पुगेको हो ।
सोमबार बाँके, गुल्मी, धादिङ, दाङ, रौतहट र धनुषामा आज कोरोनाभाइरसका संक्रमित थपिएका हुन्।
उनीहरू १८ देखि ४६ वर्ष उमेर समूहका रहेका मन्त्रालय जानकारी दिएको छ।
सोमबार बाँकेमा थप ४७ सहित थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए ।
यसअघि सोमबार बिहान रौतहटका ८ र बाराका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमित मध्य २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline