जेष्ठ ५ काठमाण्डौं । नेपालमा निरन्तर गतिमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । आज बाकेको नैरनापुरमा एकै दिन ४७ जनामा कोरोना देखिएको छ । नेपालगञ्ज स्थित भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा यति ठूलो संख्यामा एकै दिन संक्रमित देखिएको छ ।
नैरनापुरमै क्वारेन्टाईनमा हिजो बिहान एक २५ बर्षे युवाको उपचार गर्नु पुर्व नै मृत्यु भएको थियो ।
यो सगँै नेपालमा कोरोनाबाट कुल ३ सय ५७ जना संक्रमितको संख्या पुगेको छ भने २ जनाको मृत्यु भएको छ ।
आज मात्रै बीरगञ्ज स्थित नारायणी अस्पतालबाट ४ जना निको भएर घर फर्कन सफल भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline