वीरगञ्ज, जेठ ५ । पर्सा क्षेत्र नं १ का सांसद प्रदीप यादवले निजी अस्पतालहरुलाई राष्ट्रिय करण गरेर भए पनि महामारीमा जनताको उपचार गरेर रक्षा गर्नु पर्ने बताएका छन् ।
संसदको बैठकमा आज बोल्दै सांसद यादवले सोमबार संसद्मा बोल्दै सांसद् यादवले कृषिको आधुनिकिकरण, व्यवसायिकरण, अस्पताल निर्माण, विदेशबाट फर्किने युवाको रोजगार, तालिम लगायतमा संघीय सरकारको मात्रै कुरा गरिएको र प्रदेशको नामसमेत हटाइएको बताउँदै आपत्ति पनि प्रकट गरे ।
उनले धरै योजना र कार्यक्रम संघ केन्द्रीत गरेको भन्दै संघीयता किन ल्याएको हो ? प्रश्न गरे ।
पर्याप्त समय हुदा हुदै पनि सरकारले तयारी नगर्दा अहिले स्रक्रमण तीव्र भईरहेको यादवले बताए ।
संक्रमितहरु बढिरहँदा हाम्रो देशमा स्वास्थय पूर्वाधारको अवस्था कस्तो छ ? कोरोना उपचारको लागि अहिलेको तोकिएको अस्पतालको पूर्वाधार कस्तो छ ? निती अस्पतालहरु सरकारको कुरा टेरिरहेको छ कि छैन ? बिरामीको उपचारको लागि स्वास्थय सामग्री उपचार कक्ष, भेन्टिलेटर, अक्सिजनको व्यावस्था कस्तो छरु र चिकित्सकको लागि जनशक्ति तयारी अवस्था कस्तो छ रु भन्दै सरकारको ध्यानाकर्षण गराए ।
उनले स्वास्थय मन्त्रालयका अनुसार देशभर अस्पतालको बेड २७ हजार, आइसियुको बेड १ हजार ५ सय ९५ र भेन्डिलेटर ८ सय ४० वटा रहेको तर यी मध्ये एक तिहाई मात्र कोरोना भाइरसको लागि उपलब्ध रहेको बताए ।
आइसियु सुविधा अस्पताल १९४ वटा छन्, कोभिन क्लिनिक १११ र तिनका आइसोलेसन बेड ३ हजार रहेको बताउँदै सांसद् यादवले कोरोना संक्रमितको संख्या मधेसमा बढिरहेको छ तर स्वास्थय पूर्वाधार भने काठमान्डौमा बढि रहेकोमा रोष प्रकट गरे ।
‘‘वीरगञ्जमा कोरोना उपचारको लागि तोकिएको नारायाणी अस्पतालमा ८० बेडभन्दा बढि कोरोना संक्रमित भइसकेको अवस्थामा त्यसबाहेकका कोरोना संक्रमितलाई सिद्धार्थ स्कुलमा राखिएको छ तर यो बेला निजी अस्पतालले कोरोना संक्रमित राख्न आफ्नो अस्पताल दिइरहेका छैनन्, उनले भने’’
उपप्रधान तथा रक्षामन्त्रीले समेत हिजो एउटा निजी अस्पतालका संचालकलाई फोन गरेर कोरोनाको लागि अस्पताल दिन भन्दा अस्पताल संचालकले कुरा नटेरी अस्पताल दिन तयार नहुनु भनेको सरकार निरिह भईसकेको र निजी अस्पतालका संचालक शक्तिशाली भएको भन्दै सांसद यादवले आक्रोस पोखे ।
के कोरोना संक्रमितलाई विद्यालयमा राखेर उपचार गर्न सकिन्छ सरकार ? यादवले प्रश्न गरे ।
तसर्थः देशका निजी अस्पताललाई राष्ट्रियकरण गरेर देशका जनतालाई बचाउँन जरुरी रहेको छ उनले भने ।