देशको स्वाधीनता र हैसियत पैसामा साट्न सकिदैन : भीम रावल

देशको स्वाधीनता र हैसियत पैसामा साट्न सकिदैन : भीम रावल

  • सोमवार, जेष्ठ ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

काठमाडौँ जेष्ठ ५ । एमसीसीको विरुद्ध पार्टी भित्र समेत दह्रो अडान लिदै आएका नेकपाका सांसद भीम रावलले फेरी आफ्नै सरकारदेखि प्रतिपक्षी दलका नेता शेर बहादुर देउवासम्मको आलोचना गरेका छन् ।
रावलले आज सदनमा बोल्दै रावलले अमेरिकी सहयोग नियोगसँग गरिएको एमसीसी सम्झौताका परियोजना सरकारले नीति तथा कार्यक्रममा राख्नु राष्ट्रहित विपरीत हुने बताए ।
उनले पछाडीको ढोकाबाट एमसीसी छिराउन खोजेको भन्दै सरकारको आलोचना गरे ।
नीति तथा कार्यक्रममा एमसीसी स्पष्ट रूपमा उल्लेख नगरिए पनि त्यसमा राखिएका विद्युत ट्रान्समिसन लाइनका योजना नीति तथा कार्यक्रममा राखिएका छन् । त्यसलाई सांसद रावलले ुएमसीसी पछाडिको ढोकाबाट आउन खोजेजस्तो भनेर टिप्पणी गरेका छन् ।
देशको स्वाधिनता र हैसियत पैसामा साट्न नसकिने नेता रावलले बताए ।
उनले आफ्नै सरकारमाथि प्रश्न मात्र गरेनन् एमसीसी पास गरीहाल्नु पर्छ भन्ने काँग्रेस सभापति देउवाको समेत बिरोध गरेका छन् ।
भारतसगँको महाकारी सन्धि पनि देउवाले छिटो पास गर्नु पर्छ भन्नु भएको थियो भन्दै देउवाको आलोचना गरे ।

सांसद रावलले नेपालले एकातिर कोरोनाको त्रासबाट कसरी जोगिने भनेर लाग्नुपरेको र अर्कोतिर भारतले भूमि मिचेको कुराको प्रतिरोध गर्नुपर्ने कुरा आइलागेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ