जेष्ठ ५ काठमाण्डौं । संसदमा प्राय हिन्दी भाषामा संवोधन गर्ने गर्छिन् सांसद सरीता गिरी । उनले यसमा आफूले गर्व गर्ने बताएकी छन् ।
हो सरीता गिरी भारतमा जन्मिएकी हुन् र पछि नेपालमा विवाह भए पछि यतै आएर उनले नागरिकता प्राप्त गरिन् र नेपाली भईन् । यस कुरामा कसैको दुईमत छैन । अहिले नेपाल र भारतबीच बिहाबारीको सम्बन्ध ठूलो मात्रामा छ ।
तर संसदमा उनले बोल्ने कुराहरुलाई लिएर अहिले सामाजिक सञ्जालमा निकै आलोचना भईरहेको छ ।
उनले जेष्ठ ४ गतेको संसदमा नेपालले आफ्नो नक्सा जारी गर्ने कुरा राष्ट्रपतिले भनेको तर चीन र भारतसगँ संवाद गर्नु पर्ने, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नयाँ नक्सा जारी गर्नु सविधान नै बाधक भने पछि यो विदेश नीतिको क्षमतामाथिको प्रश्न हो भनेकी थिईन् ।
यसमा उनले दुबै देशसगँ हिन्दी भाषामा संवाद वा वातचित या वार्ता जे भए पनि भनेकि थिईन् ।
तर कालापानीमा भारतले अतिक्रमणको बिरुद्ध देशभर आवाज उठिरहेका बेला उनको यो तर्क र अभिव्यक्ति पाच्य भएन बिरोध शुरु भईहाल्यो ।
आफ्नो माईती भारत भएकाले उनले भारतको बिरुद्ध खुलेर कहिले पनि टिप्पणी गरेकी छैनन र शायद अब पनि गर्दिनन् । किन भने हिन्दु संस्कार अनुसार पनि चेलीले माईती पक्षको निकै सम्मान र ईज्जत गर्ने चलन छ ।
यस बिषयमा सामाजिक सञ्जालमा टिप्पणी गर्दै सांसद सरीता गिरीले आफूमाथि बिरोध भईरहेको बिषयलाई सुनियोजित षड्यन्त्र भनेकी छन् ।

आज बिहान फेसबुक स्टाटस लेख्दै उनले मैले संवाद भनेको बिषयलाई सोधनी र सहमति भनेर गरिएको प्रचार सुनियोजित हो उनले लेखेकी छन् । संसद अभिव्यक्तिका लागि स्वतन्त्र संस्था हो । म प्राक्सी युद्धको मानसिकता बिरुद्ध बोलिरहन्छु उनले भनेकी छन् ।
सरकारलाई सरीता गिरीको प्रश्न छ , भारतले लिपुलेकमा १५ बर्षदेखि सडक सडक बनाईरहँदा नेपाल सरकार कहाँ थियो ? साथै उनले हिन्दी भाषा नेपालको भाषा भएको समेत उक्त स्टाटसमा लेखेकी छन् ।