कञ्चनपुर ४ जेठ । नेपालमा रहेका भारतीय मजदुरको कहानी पनि दुखदायी छ । उनीहरू लाई बाँच्नसम्म गाह्रो छ अहिले ।कंचनपुरको बेदकोटका अधिकांश ईटाभट्टा बन्द छन् , त्यहाँ काम गर्ने धेरै मजदुरहरु भारतीयमुलका हुन्छन् ।
भारतमा पनि निरन्तर लकडाउन थपिए पछि र अझ कफ्र्यु नै लागे पछि मजदुरले अझै घर जान नपाउने हो कि भन्ने चिन्ता समेत गर्न थालेका छन् । उनीहरुले नेपालबाट कहिले आफ्नो घर फर्कन पाउने भनेर भारत सरकारसगँ गुहार गरिरहेका छन् ।
जिल्लाको बेदकोट नगरपालिका १ चम्पापुरको आसपासमा मात्र ८ भन्दा बढी भुंसा ईटा उद्योग सञ्चालन रहेका छन्, जहाँ काम गर्ने करिब ६५ जना भारतीय नागरिक छन् । उनीहरू सबै भारतको उत्तराखण्ड राज्य अन्तर्गत पिलीभीत जिल्ला घर भयका छन्, अहिले उनीहरुले न यताको न उता को हुनुपरेको छ, निकै कष्टकर जीवन बाँच्न सम्म सकिरहेका छैनन् ।
उनीहरू अधिकांशका साथमा साना बालबालिहरू रहेका छन् , महिला पनि छन्, कोरोनाको कहर भन्दा जीवनको कहर छ अहिले उनीहरूलाई,दुई छाक टार्न पनि गाह्रो भैसक्यो, खाने कसरी भन्ने चिन्ताले सताइरहेको छ, घरको चिन्ता लाग्छ, घर जान पाए हुन्थ्यो, उता घरमा पनि पिरलो छ हामी यता हुँदा ईन्तिहाज अहमदले भने, हामीलाई घर राज्यले हेरेन, कसैले पनि हेरेनु सबै एकै ठाउँमा बस्छन् न त त्याहाँ कोरोना बारेमा जनचेतना नै छ न त सुरक्षा र सरसफाई मा ध्यान नै दिईएको छ जसले संक्रमण लाई बढावा दिने ठूलो सम्भावनाको ढोका खुल्ला छ, उनीहरू सबैले मास्कको प्रयोग सम्म गरेका छैनन्, अहिले संसार भर नै परिस्थिति प्रतिकुल भय पनि कतिपय नेपाली र भारतीय आउने जाने भैरहेको खवर आइरहेका छन् तर उनीहरूको उद्धार मा कस्ले गरिदिने ? कसैको चासो छैन,स्थानीय सरकार या कुनै संघसंस्था मार्फत आजसम्म ती भारतीय मजदुरहरुले एकमुठी चामल सम्म पाएका छैनन् ,उनीहरू भन्छन् कि त याता व्यवस्था गरिदिनुपर्ने कि त घर फर्कने व्यवस्था मिलाइदिए हुने थियो, हामी भारत जान चाहन्छौँ हाम्रो माग यत्ति हो कि हामी घर जान पाऊ अर्का मजदुर जागिर अहमदले भने,भारत सरकार र नेपाल सरकारबीच दुवै देशका नागरिकलाई लकडाउन भर हेर्ने सहमति भयता पनि न त भारतमा नै लागु हुन सकेको छ न त नेपालमा नै ।

आज सम्म कमाएको पैसा सकिनै लाग्यो, अब के गर्ने कसो गर्ने भयको छ हामी लाई, ईसागत अलीले वताए,उनीहरूले पिलिभीतका विधायक संजय सिंह संग कुरा भयको र उनले नेपाल बडर क्रस गरे आफुले लिन आउने वाचन दिएको उनीहरूको दाबी छ ।
एकातिर उनीहरूको दुर्दशा छ भने अर्को तिर घर कहिले फर्कन मिल्ला भन्ने पिर छ,हामी भारत मा गयर पनि सरकारको नीति निर्देशन मान्न तयार छौँ, क्वारेन्टाइन मा बस्न तयार छौँ जागिर अहमदले आफ्नो कुरा दोहोर्याए । आफ्नो देश आफ्नै हुन्छ, यहाँ कस्को आश मान्ने,ईटा उद्योग संचालक लाई पनि सकस छ, लकडाउनले काम धन्दा ठप्प छ,के भन्छ जिल्ला प्रशासन कार्यालय कंचनपुर स्वयम उद्योग संचालकले नै हेर्नुपर्छ भनेर हामीले सूचना नै जारी गरेका छौँ, दर्ता भएका चिम्ली ईटा उद्योग सबै को अनुगमन गरेका छौ सहायक जिल्ला अधिकारी गोकर्ण उपाध्यायले भने,त्यस्तो समस्या छ भने पालिकाहरुलाई सहयोग का लागि भनेका छौ ।उनले जान दिने नदिने निर्णय केन्द्रको निर्णयानुसार हुन्छ, अहिले लकडाउन जारी अवस्थामा जान दिन सक्दैनौ, पछि के गर्न सकिन्छ हेर्छैउ उपाध्यायले भने ।
