पर्साका सांसद यादव र कर्णसगँ भेट गर्नासाथ रक्षामन्त्रीद्धारा नेस्नल मेडिकल कलेजलाई कोरोना अस्पताल बनाउन निर्देशन

पर्साका सांसद यादव र कर्णसगँ भेट गर्नासाथ रक्षामन्त्रीद्धारा नेस्नल मेडिकल कलेजलाई कोरोना अस्पताल बनाउन निर्देशन

  • आइतवार, जेष्ठ ४, २०७७
  • राहुल गुप्ता

  • 8.9K
    SHARES

अहिले २ नं प्रदेशको मात्र नभई देशकै प्रमुख ब्यापारीक नाका समेत रहेको पर्सा बीरगञ्जमा कोरोनाको भ्रभाव ह्वात्तै बढेको छ । त्याहाँ एक मात्र नारायणी अस्पतालमा कोरोना संक्रमितको उपचार गर्न धौ धौ परीरहेको छ । अझ त्यो सरकारी अस्पताल कोरोनाको मात्र बिरामी उपचार गर्ने अस्पतालमा परिणत भए पछि सर्बसाधारण निजी महंगो अस्पतालमा जान बाध्य छन् ।
साथै निशेधाज्ञा, लकडाउन आदि कारणले जनताको जनजीवन कष्टकर बनिरहेको छ ।
यीनै बिषयलाई मध्यनजर गर्दै पर्सा एक का सांसद प्रदीप यादव र क्षेत्र नं ४ का लक्ष्मण लाल कर्णले बीरगञ्जका लागि बिशेष प्याकेज ल्याउन माग गरेका छन् ।
सांसदद्धयले कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च सतरीय समितिका संयोजक एवं रक्षा मन्त्री ईश्वर पोखरेललाई भेटेर माग राखे लगत्तै वीरगन्ज मुलुकमै सबभन्दा बढी जोखिमको क्षेत्र भएकोले त्यहाँ चाहिने साधनस्रोत अबिलम्ब उपलब्ध गराउने प्रतिबद्धता पाएको सांसद यादवले बताए ।
वीरगन्जमा ठुलो आकारको बृहद र सुबिधासम्पन्न बेग्लै कोरोना अस्पताल बैकल्पिक रुपमा सुरु गर्ने, पिसिआर परिक्षणको दायरा बढाउनका लागि आवश्यक किट पर्याप्त संख्यामा उपलब्ध गराउन, अस्पताल भर्ना हुने संक्रमितहरुको उपचार, खाना तथा अन्य सुबिधा बिश्व स्वास्थ्य संगठनको मापदण्डमा अबिलम्ब सुरु गराउन र वीरगन्जमा जारी लकडाउन र निषेधाज्ञाले यहाँको जनजीवन कष्टकर बनेकोले उचित ब्यवस्थापन गर्न लगायतका माग साँसदद्वयले राखेका थिए ।
मागको सुनुवाइ गर्दै उपप्रधानमन्त्री पोखरेलले तत्कालै यसमा सकारात्मक पहल गर्ने प्रतिक्रिया दिए । उपप्रधानमन्त्री पोखरेलले तत्कालै वीरगन्जको नेशनल मेडिकल कलेजका संचालक महमद बसरुद्दीन अन्सारीलाई टेलीफोन गरी उक्त अस्पताललाई कोडिड–१९ अस्पताल बनाउनका लागि प्रक्रिया थाल्न निर्देशन दिएका छन् ।
त्यसतै पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीलाई समेत उपप्रधानमन्त्री पोखरेलले निर्देशन दिदै यसको लागि आवश्यक प्रबन्ध गर्न भनेका थिए ।
वीरगन्जको नारायणी अस्पतालमा सरकारले अहिलेसम्म कोभिड अस्पताल संचालन गरे पनि त्यसको क्षमताभन्दा बढी संक्रमित फेला परेका कारण यहाँ ब्यवस्थापनमा चुनौति भएको छ । वीरगन्ज महानगरपालिकामार्फत एउटा निजी अस्पताल थप रुपमा संचालनमा ल्याउन तयारी गरिए पनि त्यो पर्याप्त नभएकोले नेशनल मेडिकल कलेजलाई कोभिड अस्पतालको रुपमा संचालनमा ल्याउनुको बिकल्प नरहेको उपप्रधानमन्त्री पोखरेलसंगको छलफलको निश्कर्ष रहेको साँसद यादवले बताए । त्यसतै किट लगायत आवश्यक सामग्री आपुर्तीको लागि पनि उपप्रधानमन्त्री पोखरेलले स्वास्थ्य मन्त्रालय लगायतलाई निर्देशन दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ