बिराटनगर ४ जेष्ठ । नेपालमा निरन्तर कोरोना संक्रमित थपिने क्रम रोकिएको छैन । अहिले केही बेर अघि विपी प्रतिष्ठान धरानको पिसीआर परीक्षणबाट बिराटनगर महानगरपालिका मिल्स एरियाका विराटनगरका ३५ वर्षीय पुरुष र २९ वर्षीय महिला गरी दुई जना रधनकुटाकी एक ३४ बर्षे महिलामा कोरोना संक्रमण पुष्टी भएको छ ।
बिराटनगरका संक्रमितको ठेगाना अहिले खुलिनसकेको कोभिढ १९ व्यवस्थापन तथा जनस्वास्थ्य कार्यलय मोरङका संयोजक ज्ञानेन्द्र बस्नेतले जानकारी दिनु भयो ।
यो सगैँ कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ भने दुई जनाको मृत्यु भएको छ । साथै ३६ जना निको भएर घर फर्किएका छन् । प्रदेश १ मा मात्रै ३९ जना संक्रमितको संख्या पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline