जेष्ठ ४ काठमाण्डौं । नेकपाका संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुभाष नेम्वाङले अब नेपालमा भारतले कहिले पनि नाकाबन्दी लगाउन नसक्ने दाबी गरेका छन् ।
संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै नेम्वाङले भूकम्पको फोहोर सोहर्दै गर्दा छिमेकीले नेपालमाथि नाकाबन्दी लगाएको भन्दै त्सैको बीचमा चीनसगँ समुन्द्रसगँ जोडिने पारवाहन सन्धि भएकाले भारतको नामै नलिई नाकाबन्दी लाग्ने स्थितिको अन्त्य भएको दाबी गरे ।
उनले नेपाल भूपरिवेष्ठित मुलुक भएकाले जटिलता रहेको भन्दै भारत र चीनबीच लिपुलेकमा व्यापारीक नाका बनाउने सम्झौता गरेको भन्दै दुबैदेश विरुद्ध विनम्रता पुर्वक लडिरहने बताए ।
उनले लिपुलेकका बिषयमा भारत र चीनले नेपाललाई नसोधी सम्झौता गरेको भन्दै नेपालले पनि आफ्नो नक्सा उनीहरुलाई नसोधी ल्याउने बताए ।
चीन र भारतबीच लिपुलेकमा व्यापारीक नाका खोल्ने बिषयमा २०७२ सालमा सम्झौता भएको थियो । जुन नेपाली भुभागसगँ जोडिन्छ ।
उनले कोरोनाले अझै पनि चुनौती ल्याउन सक्ने भन्दै सबै दल एक हुनु पर्ने बताए ।