अब भारतले नेपालमा दाल चामल पठाउदैन : प्रेम सुवाल

अब भारतले नेपालमा दाल चामल पठाउदैन : प्रेम सुवाल

  • आइतवार, जेष्ठ ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 26K
    SHARES

जेष्ठ ४ काठमाण्डौं । नेपाल मजदुर किशान पार्टीका नेता तथा सांसद प्रेम सुवालले कोरोना पछि भारतले नेपालमा दाल चामल नपठाउने दाबी गर्दै देशले आफै उत्पादन र आत्मनिर्भर हुने दिशामा जानु पर्ने बताएका छन् ।
संसदमा सरकारको नीति तथा कार्यक्रममाथि ससोधन प्रस्ताव पेश गर्दै उनले भारत जाति, धर्म र पैसाको राजनीतिमा फसेको, मजदुरहरु भोकै बस्दा पनि ब्यापारीले एक छाक भात नख्वाएको भन्दै यस्तो दाबी गरेका हुन् ।
उनले भारतीय सेनापतिले नेपालले कसैले उचालेको भरमा सीमाको बिषय उठाएको भनेर दिएको अभिव्यक्तिका बारेमा मोदीले जवाफ दिनु पर्ने र त्यस पछि नेपाली जनताले बोल्ने बताए ।

उनले भारतबाट आयात हुने ग्यासको खपत कम गर्न ईन्डक्सन चुल्होको उत्पादन र खपत बढाउनु पर्ने र त्यसले भारतसँगको व्यापार घाटा समेत कम हुने बताए ।

सुवालले अब अनलाई कक्षा चलाउने हो भने सबै क्षेत्रमा वाईफाई फ्रि गर्नु पर्ने र मावि र विश्व विद्यालय सम्मको शिक्षा निशुल्क बनाउनु पर्ने, सबै जनताको स्वास्थ्य निशुल्क बनाउनु पर्ने पनि माग गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ