सरकारलाई जनताको पीडाबारे ज्ञानै भएन, कोरोनाको क्षतिबारे थाहै भएनः देउवा

सरकारलाई जनताको पीडाबारे ज्ञानै भएन, कोरोनाको क्षतिबारे थाहै भएनः देउवा

  • आइतवार, जेष्ठ ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

जेष्ठ ४ काठमाण्डौं । काँग्रेस सभापति शेर बहादुर देउवाले नीति सरकारको नीति कार्यक्रमले जनतामा उर्जा जगाउन असफल भएको,महामारी निन्त्रण गर्न असफल भएको बताएका छन् ।
आज संसदको बैठकमा बोल्दै देउवाले कोरोना देखिएको ४ महिनामा केबल २६ हजार बढीको मात्र पिसिआर परीक्षण हुनु, ५५ दिनको लकडाउमा जनतालाई, श्रमिकलाई राहतको बिषयमा गंभीर नभएको भन्दै सरकारको आलोचना गरे ।
यसैगरी भारतीय सीमामा अलपत्र नेपालीलाई फिर्ता ल्याउन नसक्नु, विदेशमा अलपत्र परेका नेपालीलाई ल्याउन र व्यवस्थापन गर्न नसक्नुले सरकारलाई कोरोनाले जनतालाई पारेको पीडा र क्षतिबारे सरकारलाई ज्ञान र थाहा नभएको दाबी देउवाले गरे ।
उनले सुसासनको नारा दिने प्रधानमन्त्रीले सेक्युरीटी प्रेस प्रिन्टिङ काण्ड, यति काण्ड जस्तामा शसक्त कार्बाही गर्न र औषधीमा समेत भ्रष्टाचार हुदाँ त्यसमा संलग्नलाई बचाउन आफै लाग्नु र बचाउमा उत्रिनु गंभीर भएको बताए ।
साथै देउवाले विदेशबाट विकास निर्माणको लागि भनेर लिएको रिणले कार्यकर्ता पोस्ने काम भईरहेको भन्दै यो स्वीकार्य नहुने चेतावनी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ