लकडाउनबारे सरकारले आज निर्णय गर्दै, उच्च स्तरीय समिति पछि मन्त्रीपरिषद्को बैठक बस्दै

लकडाउनबारे सरकारले आज निर्णय गर्दै, उच्च स्तरीय समिति पछि मन्त्रीपरिषद्को बैठक बस्दै

  • आइतवार, जेष्ठ ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाण्डौं जेष्ठ ४ । चैत्र ११ गतेदेखि पटक पटक थप्दै जारी राखिएको लकडाउनको घोषित मित भोली सकिदैछ । देशमा कोरोना संक्रमण तीव्रतामा फैलीनुका साथै मृत्यु पनि भएको अवस्थामा लकडाउन के गर्ने, मोडालिटी कस्तो बनाउने भनेर आज निर्णय हुने भएको छ । आज अपरान्ह बस्ने मन्त्रीपरिषद्को बैठकले यसबारेमा अन्तिम निर्णय गर्ने छ ।
त्यस अघि उच्च सतरीय समितिको बैठक बसेर सुझाव तथा सिफारीस पेश गर्ने छ । समितिको बैठक दिउसो २ बजे पछि बस्ने छ भने मन्त्रीपरिषद्को बैठक साँझ ५ बजे बस्ने छ ।
यस अघि संक्रमण र जोखिम कम भए पछि लकडाउन खुकुलो बनाए लगत्तै फेरी बढ्न थाले पछि खुलेका कार्यलयहरु पनि पुनः बन्द भएका छन् ।
उच्च, मध्यम र कम जोखिम क्षेत्र तोकेर कतै पूर्ण र कतै आशिक लकडाउन गर्ने खालको मोडालिटी बनाउन यस अघि अनौपचारी सुझाव आएको थियो ।

तर, पछिल्लो दुई दिनमा राजधानी उपत्यकासहित देशैभरी संक्रमितको संख्या बढेकाले आज निर्णय पछि मात्रै भन्न सकिने अवस्था रहेको एक समितिका सदस्यले जानकारी दिए । कोरोना संक्रमणकै कारण सिन्धुपाल्चकोककी एक महिलाको मृत्यु भइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ