काठमाडौं, ४ जेठ ।
आइतवार बिहानै थप १० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यससँगै नेपालमा संक्रमितको संख्या २९१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार बिहान सवा ७ बजे अध्यावधिक विवरण अनुसार थप १० जनामा नयाँ पुष्टी भएको हो ।
रौतहट राजपुर न.पा. फरहदवा – ९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ पुरुषहरू र रौतहट इशनाथ न. पा. – ३, ५ निवासी २८, ३०, ३३ वर्षीय पुरुषहरू संक्रमण भेटिएकाे मन्त्रालयका सहप्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ गरिएको परीणमा उनीहरुमा कोरोना पुष्टि भएको हाे । हालसम्म प्राप्त विवरणअनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि अधिकारीले जनाएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline