काठमाडौं, ३ जेठ । कोरोनाका कारण धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ९ की २९ वर्षीया एक सुत्केरीको परिवारको स्वाब निकालेर परीक्षण सुरु गरिएको छ । अस्पतालको ल्याबमा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि यो तयारी गरिएको अस्पताल स्रोतले जनाएको छ ।
साथै उनको उपचारमा संलग्न १० जना स्वास्थ्यकर्मी र कर्मचारीलाई क्वारेन्टाईनमा राखिदैछ ।
धुलिखेल अस्पतालले मृतक महिलाको उपचारमा संलग्न १० जनाको टोलीलाई क्वारेन्टाइनमा राख्ने तयारी गरेको स्रोतको दाबी छ ।
शनिबार दिउँसो मृतकको श्रीमान, सासु र नन्दको स्वाब संकलन गरिएको बुझिएको छ ।
वैशाख २३ गते टिचिङ अस्पतालमा भर्ना भएर २४ गते सुत्केरी भएपछि उनी २५ गते डिस्चार्ज भएर घर गएकी थिइन्। घरमा पुगेपछि ज्वरो, स्वासप्रश्वास लगायत शारीरिक समस्या आएपछि धुलिखेल अस्पतालमा ल्याइएको थियो। आरडीटी परीक्षण रिपोर्ट पोजिटिभ आएपछि उनको पीसीआर परीक्षण गरिएको थियो ।
पीसीआर रिपोर्ट पनि पोजिटिभ आएको थियो । त्यस पछि थप एकिन गर्न उनको स्वाब टेकु पठाईएको छ ।
यद्यपि, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ती सुत्केरी महिलाको मृत्युको सम्धन्धमा विस्तृत विवरण प्राप्त भईसके पछि प्रशारण गर्ने बताए ।
उता ती महिलाको गाँउ बाह्र बिसेलाई समेत सिल गर्ने तयारी भएको खबर छ ।
विस्वभर कोरोना भाईरसको कारण मृत्यु हुनेको संख्या तीन ३ लाख ८ हजार नाघ्यो, संक्रमित पनि ४६ लाख पुग्यो
जेष्ठ २ एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भार्ईरसका कारण मृत्यु हुनेको संख्या निरन्तर बढ्नेक्रममा छ । पछिल्लो रिपोर्ट अनुसार कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन लाख ८ हजार नाघेको छ ।
त्यसै गरी संक्रमित पनि ४६ लाख पार भएको छ भने १७ लाख ५४ हजार मानिसहरु निको भएर घर फर्किसकेका छन् ।
विश्वमा सबै भन्दा धेरै अमेरीकामा कुल मृत्यु हुनेको संख्या ८८ हजार ४ सय नाघेको छ भने कुल संक्रमित १४ लाख ९२ हजार बढी रहेका छन् ।
बेलायतमा मृतकको संख्या ३३ हजार ९ सय नाघेको छ । त्याहाँ संक्रमितको संख्या दुई लाख ३६ हजार पार भएको छ ।
ईटालीमा मृत्यु हुनेको संख्या ३१ हजार ६ सय पार भएको छ । त्याहाँ संक्रमितको संख्या २ लाख २३ हजार भन्दा बढी छ ।
फ्रान्समा मृतकको संख्या २७ हजार ५ सय नाघेको छ भने १ लाख ७९ हजार भन्दा बढी संक्रमित छन् ।
स्पेनमा मृतकको संख्या २७ हजार ४ सय बढी पुगेको छ भने संक्रमितको संख्या २ लाख हजार बढी रहेको छ ।
रुसमा संक्रमितको संख्या २ लाख ६२ हजार नाघेको छ भने मृतकको संख्या २ हजार ४ सय १८ पुगेको छ ।
ब्राजिलमा मृतकको संख्या १४ हजार ८ सय बढी पुगेको छ भने संक्रमितको संख्या पनि २ लाख १८ हजार नाघेको छ ।
यसै गरी भारतमा कुल संक्रमितको संख्या ८५ हजार नाघेको छ भने २ हजार ७ सय ५३ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमण र मृत्यु हुनेको संख्या बढे पछि ब्राजिलका स्वास्थ्यमन्त्रीद्धारा राजीनामा
एजेन्सी जेष्ठ ३ । ब्राजिलमा कोरोना संक्रमण र मृत्युदर निरन्तर बढीरहे पछि त्याहाँका स्वास्थ्यमन्त्रीले राजीनामा दिएका छन् । स्वास्थ् य मन्त्री नेल्सन टिचले केही समय अघि मात्रै अर्का स्वास्थ्यमन्त्रीलाई राष्ट्रपति बोल्सेनारोले हटाए पछि रिक्त स्थानमा नियुक्त भएका थिए ।
उनले राजीनामा दिने क्रममा आयोजित पत्रकार सम्मेलनमा कुनै कारण उल्लेख नभए पनि एकातिर कोरोनाले निरन्तर संक्रमण र मृत्युदर बढी रहनु अर्कोतिर राष्ट्रपति बोल्सेनारोले जिम र ब्युटी पार्लर लकडाउन भए पनि खोल्न दिनु भनेर दवाव दिएका कारण राजीनामा दिएको हुन सक्ने अनुमान गरिएको छ ।
राष्ट्रपति बोल्सेनारोले कोरोनालाई सामान्य फ्लुको रुपमा व्याख्या गर्दे केही मान्छे मर्छन् सामान्य हो भनेर शुरुमा टिप्पणी गरेका थिए ।
तर अहिले ब्राजिलमा कोरोनाले ठूलो जोखिम बढाईरहेको छ । हाल सम्म त्याहाँ संक्रमितको संख्या दुई लाख बढी छ भने मृत्यु हुनेको संख्या पनि १३ हजार बढी छ ।
कोरोना भाईरसको तीव्र संकटसगँै ब्राजिलमा राजनीतिक संकट पनि बढिरहेको छ ।
अति दक्षिणपन्थी राष्ट्रपति बोल्सेनारोले यस अघिका स्वास्थ्यमन्त्रीलाई हटाएका थिए भने प्रहरी प्रमुखलाई पनि हटाएका थिए । त्यस पछि कानुन मन्त्रीले आफै राजीनामा दिएका थिए ।
महामारीले हाम्रो सैन्य क्षमता घट्दैन जति टाढा भए पनि आक्रमण गर्न सक्छौः अमेरीका
एजेन्सी जेष्ठ ३ । अमेरीकाले पछिल्ला दिनहरुमा चीनसगँको विवाद बढ्दै जादाँ दक्षिणी चीनीया सागरमा आफ्नो सैन्य उपस्थिति र अभियान तीव्र पारेको छ ।
देश कोरोना संकटको गंभीर अवस्थामा रहे पनि अमेरीकाले बी १ जस्ता बम बर्षक विमान र थप युद्दपोत समेत चीनीया सागरमा अमेरीकाले पठाएको छ ।
अमेरीकी एयरफोर्सका प्रमुख जनरल टिमोथी रे ले चीनको गतिविधि विरुद्ध जति टाढा भए पनि, जुनसुकै स्थानमा र जति बेला पनि फायर गर्न सक्ने क्षमतामा असर नपर्ने भन्दै चेतावनी दिएका छन् ।
दक्षणी चीनीया सागरमा अमेरीकाको निरन्तर गस्ती र युद्धपोत तथा बम बर्षक विबमान तैनाथ गर्न थाले पछि संभावित आक्रमणको प्रत्याक्रमण गर्न चीनले समेत युद्धपोत, लडाकु विमान र सैन्य अखडाहरु विस्तार गरीरहेको छ ।
चीनले आफ्नो सार्वभौम क्षेत्र दाबी गरीरहेको दक्षिणी चीनीया सागरको करीब ९ हजार बर्गमाईल क्षेत्र स्वतन्त्र हुनु पर्ने अमेरीकाको दाबी रहदै आएको छ ।
अमेरीकाले कोरोना भाईरस संक्रमण पछि अप्रेसनमा नरहेको घातक युद्धपोत थियोडोर रुजबेल्टलाई समेत अप्रेसनमा सामेल गर्ने बताएको छ ।
अमेरीकाले प्रशान्त महासागर खुल्ला र स्वतन्त्र हुनु पर्ने जिकिर गर्दै आएको छ ।