धुलिखेल अस्पतालमा मृत्यु भएकी ११ दिने सुत्केरी महिलामा कोरोना देखियाे, थप परिक्षण गर्न स्वाव टेकु पठाइयाे

धुलिखेल अस्पतालमा मृत्यु भएकी ११ दिने सुत्केरी महिलामा कोरोना देखियाे, थप परिक्षण गर्न स्वाव टेकु पठाइयाे

  • शनिबार, जेष्ठ ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.3K
    SHARES

काठमाडौँ, ३ जेठ । सिन्धुपाल्चोकको बाह्रबिसेबाट स्वासप्रस्वासमा समस्या भएपछि अस्पताल ल्याइएकी एक २९ वर्षकी महिलाकाे उपचारका क्रममा मृत्यु भएपछि धुलिखेल अस्पतालमा उच्च सतर्कता अपनाइएको छ ।अहिले अस्पतालबाट ५ सय मिटरको दुरीसम्म कसैलाई प्रवेश दिइएको छैन ।

कोरोना संक्रमणको आशंका गरिएकी ती महिलालाइ बिहीबार साँझ बाह्रबिसेबाट  धुलिखेल अस्पताल ल्याइएको थियो । मृत्युपछि साेहि अस्पतालमै गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।

राति साढे ९ बजे इमर्जेन्सीमा ल्याइपुर्याउदा नै उनकाे अवस्था गम्भिर रहेकाे र उनलाइ स्वास फेर्न कठिन भएकाले ट्युब राखेर भेन्टिलेट गरिएकाे थियाे तर त्यति हुँदा समेत उनलाइ बचाउन नसकिएकाे अस्पताल उच्च स्रोतले जनाएकाे छ ।

उनकाे मृत्यु भएपछि अस्पतालले स्वाब लिएर परीक्षण गर्दा आज बिहान रिपोर्ट पोजिटिभ एकाे जनाइएकाे छ । थप यकिन गर्न उनकाे स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकाे जनाइएकाे छ ।कोरोना संक्रमणको आशंकामा उनको स्वाव संकलन गरी पीसीआर परिक्षण गर्दा शंकास्पद रिपोर्ट आएपछि पुनः परीक्षण गर्न पठाइएको धुलिखेल अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले जानकारी दिएका छन् ।

११ दिनकी सुत्केरी उनलाइ बच्चा जन्माएपछि डिस्चार्ज भएर घर पुगेपछि  स्वास्थ्यमा समस्या देखिएको जानकारी प्राप्त भएको छ । बैशाख २३ गते काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बच्चा जन्माएकी उनलाइ भाेलीपल्ट २४ गते डिस्चार्ज गरिएकाे थियाे ।

यद्वपि ती महिलाकाे मृत्यु काेराेनाकै कारण भएकाे हाे या हैन भन्नेबारे स्वास्थ्य मन्त्रालयबारे पुष्टि गरेकाे छैन । पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकाेटाले उक्त महिलाकाे काेराेनाकै कारणा मृत्यु भएकाे हाे कि हैन भनेर थप विवरणा संकलन गरिरहेकेा जानकारी दिदै सबै रिपाेर्ट र विवरणा प्राप्त भएपछि यसबारेमा मन्त्रालयले जानकारी गराउने पनि बताएका छन्र ।

उनले भने, ‘ ती महिलामा ज्वराे आउने, स्वास प्रश्वासमा समस्या जस्ता सारीरीक समस्या देखिएकाले स्थानीय अस्पतालमा उपचारका लागि लगेकाे र स्थिति जटिल बनेपछि त्यहाँबाट धुलिखेल अस्पताल लैजाने क्रममा मृत्यु भएकाे खबर पाएका छाै, त्यसबारे मन्त्रालयले बिस्तृत विवरण लिइरहेका छाै, काेविड १९ सम्बन्धि परिक्षणकाे रिपाेट प्राप्त भएपछि मात्रै मन्त्रालयले काेराेनाका कारण मृत्यु हाे वा हाेइन भन्ने जानकारी मन्त्रालयले गराउनेछ ।’

अब टेकुबाट भएकाे थप परिक्षणकाे रिपाेट पछि मात्रै काेराेनाबाट मृत्यु भएकाे हाे कि हैन भनेर पुष्टि हुनेछ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ