मदन भण्डारी आश्रितको हत्याको सत्य तथ्य सार्वजनिक गर्छौः ओली प्रचण्डको प्रतिवद्धता

मदन भण्डारी आश्रितको हत्याको सत्य तथ्य सार्वजनिक गर्छौः ओली प्रचण्डको प्रतिवद्धता

  • शनिबार, जेष्ठ ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाडौं, ३ जेठ । स्वर्गीय मदन भण्डारी र जीवराज आश्रितको २७ औं स्मृति दिवसका अवसरमा नेकपाका अध्यक्षद्धय केपी ओली र प्रचण्डले सयुक्त वक्तव्य जारी गरेका छन् ।
वक्तव्यमा उनीहरुले भनेका छन् “यी दुई लोकप्रिय नेताहरूको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद निधन भएको आज २७ वर्ष बितेको छ। उक्त घटनाको रहस्य अझै उद्घाटित हुनसकेको छैन, तर आम नेपाली जनता त्यस घटनालाई सामान्य सडक दुर्घटना मान्न तयार छैनन्, उनीहरू मध्ये धेरैले यसलाई नेपालको लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलन विरुद्धको षड्यन्त्रपूर्ण हत्याका रूपमा लिन्छन्। २७औं मदनआश्रित स्मृति दिवसको सन्दर्भमा हाम्रो पार्टी उक्त रहस्यमय घटनाको यथार्थको गहिरो अन्वेषण गर्दै सत्यतथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने प्रतिबद्धता पुनः व्यक्त गर्दछ। उहाँहरूका विचार र आदर्शहरूलाई अनवरत अवलम्बन गरिरहने दृढ सङ्कल्प गर्दछ । ”
उनीहरुले वक्तव्यमा मुलुकको मुहार बदल्न प्राप्त ऐतिहासिक अवसरलाई जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि सफल पार्न पार्टी दृढ रहेको दोहोर्याएका छन् ।
थुप्रै कठिनाइ र सीमाका बाबजुद यस क्षेत्रमा उल्लेखनीय उपलब्धी हासिल भएका छन्।’ विज्ञप्तिमा भनिएको छ, ’मुलुकको मुहार बदल्न प्राप्त यस ऐतिहासिक एवं दुर्लभ अवसरलाई जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि सफल पार्न पार्टी दृढ संकल्पित छ।’
दलाल नोकरशाही पुजीवादी शोषण, उत्पीडन र बाह्य हस्तक्षेपलाई परास्त गर्ने, आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा विद्यमान सामन्तवादका सबै अवशेषहरूलाई समाप्त गर्ने र स्वाधीन राष्ट्रिय अर्थतन्त्रको जगमा समृद्ध नेपाल निर्माण गर्ने विषयलाई तात्कालिक कार्यभारका रूपमा तय गर्दै तिनलाई कार्यान्वयन गर्न पार्टी केन्द्रित रहेको उल्लेख छ ।
विज्ञप्तिमा जननेता मदन भण्डारी नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक, देशभक्तिपूर्ण अभियानका प्रखर संवाहक र लोकतान्त्रिक आन्दोलनका अग्रज नेता भएको स्मरण गरिएको छ । अन्तर्रा्ष्ट्रिय कम्युनिष्ट आन्दोलन प्रतिरक्षात्मक र गम्भीर धक्काको अवस्थाबाट गुज्रिरहेको बेला नेपालमा कम्युनिष्ट आन्दोलनलाई सर्वा्धिक लोकप्रिय शक्तिका रूपमा स्थापित गर्न उनले प्रतिपादन गरेको विचारहरूले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गरिएको छ ।
हेर्नुस् पूरा विज्ञप्तिः

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ