काठमाडाैं, ३ जेठ । शनिवार बिहान थप ६ जनाकाे काेराेना संक्रमण भेटिएकाे छ । याे संगै संक्रमितकाे संख्या २७३ पुगेकेा छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार १० बसे आवधिक गरेको विवरण अनुसार बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनका गरी ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।संक्रमित सबै सबैकाे अवस्था सामान्य रहेकेा र चिकित्सककाे संपर्कमा रहेकाे मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं गरिएको परिक्षण अनुसार ६ जनामा कोभिड-१९ पोजिटिभ देखिएको अधिकारीले जानकारी दिएका छन् । नयाँ पुष्टि हुनेमा बर्दिया, नार्दु-११ निवासी २८ वर्षीया महिला सिराहा, सखुवा-१९ निवासी ३० वर्षीय पुरुष, पर्सा, वीरगन्ज-१२ निवासी २८, २९ वर्षीय पुरुष, सर्लाही, रामनगर४ निवासी १८ वर्षीया महिला, चितवन, गढ़ौली-१ निवासी २५ वर्षीय महिला रहेका छन् । हालसम्म उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ र उहाँहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।
