काठमाडौं महानगरपालिकाका ३१ जना कर्मचारीमा आरडीटी परीक्षणबाट कोरोना पोजेटिभ, पिसिआर रिपोर्ट आउन बाकीँ

काठमाडौं महानगरपालिकाका ३१ जना कर्मचारीमा आरडीटी परीक्षणबाट कोरोना पोजेटिभ, पिसिआर रिपोर्ट आउन बाकीँ

  • शनिबार, जेष्ठ ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

काठमाडौँ जेष्ठ ३ । काठमाडौं महानगरपालिकाभित्र फोहोर मैला व्यपस्थापनमा खटिने ३१ जना सफाइ कर्मचारीमा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएको छ । महानगरको वातावरण व्यवस्था विभागले शुक्रबार महानगरका सफाई कर्मचारीको आरडीटी परीक्षण गरेको थियो । आरडिटीबाट कोरोना पोजेटिभ देखिएसगँै उनीहरु घर जान समेत नमानेपछि कार्यलयमै बस्ने व्यवस्था गरिएको छ ।

महानरभित्र फोहोरमैला व्यवस्थापनमा खटिने ९ सय ३२ जनाको आरडीटी परिक्षण गरिएको महानगको जनस्वास्थ्य शाखाका प्रमुख नरेन्द्रविलास बज्राचार्यले बताए ।
‘३१ जनाको आरडीटी पोजिटिभ देखिएको छ,’ उनले भने, ‘उनीहरुको स्वाब पीसीआर विधिबाट परिक्षण गर्न पठाएका छौं ।’
यसरी आरडीटीबाट पोजेटिभ देखिएकाको पिसिआर नतिजा आए पछि मात्रै संक्रमण भए नभएको अन्तिम टुंगो हुनेछ ।
आरडीटी पोजिटिभ देखिएसँगै सरसफाईकर्मी घर जान नमानेपछि उनीहरुलाई टेकुस्थित वातावरण विभागकै कार्यालयमा बस्ने व्यवस्था मिलाइरहेको विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताए ।

कोरोनाको आरडीटी पोजेटिभ देखिएकाहरु खाद्यन्न र राहत वितरणमा पनि हिड्ने गरेको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ