अबदेखि काठमाडौंका भित्री सडक र गल्लीमा पनि निस्कन नपाईने, पैदल यात्रुलाई उपत्यका प्रवेशमा रोक

अबदेखि काठमाडौंका भित्री सडक र गल्लीमा पनि निस्कन नपाईने, पैदल यात्रुलाई उपत्यका प्रवेशमा रोक

  • शुक्रबार, जेष्ठ २, २०७७
  • मिर्मिरे अनलाइन

  • 15K
    SHARES

जेष्ठ २, काठमाडौँ । उप्रत्यकामा जोखिम बढेपछि सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणलाई थप प्रभावकारी बनाउन काठमाडौंमा लकडाउनमा कडाइ गरेको छ ।
गृह मन्त्रालयबाट प्राप्त निर्देशन र शुक्रबार बसेको जिल्ला सुरक्षा समिति काठमाडौंको बैठकले अत्यावश्यक सेवाका बाहेक बिनापासका सवारी साधन र पैदल यात्रुलाई समेत काठमाडौं प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

काठमाडौंका मुख्य सडक, भित्री सडक र गल्लीहरुमा विभिन्न बहानामा मानिसहरुको भीड भएको भन्दै जिल्ला प्रशासन कार्यालयले थप कडाई गरेको हो । सडकमा बिनापास निस्किएमा प्रचलित कानुनबमोजिम कारबाही हुने पनि प्रशासनले जनाएको छ ।

यस्तै जिल्ला प्रशासन कार्यलयले एम्बुलेन्स, शव वाहन, औषधि तथा स्वास्थ्य सामग्री बोकेका सवारी साधन, सबै प्रकारका औद्योगिक कच्चा पदार्थ र तयारी मालवस्तु ढुवानी गर्ने, सबै प्रकारका खाद्यवस्तु ढुवानी गर्ने, पशुपन्छीजन्य आहारा, खसी बोका, राँगा, कुखुरा, माछा, फलफूल तथा तरकारी र निर्माण सामग्री बोकेका सवारी साधनलाई भने सवारी पास बिना चल्न दिने जनाएको छ । निर्माण सामग्री बोकेका हेभी सवारी साधन भने बेलुकी ८ बजेदेखि बिहान ६ बजेसम्म मात्रै सञ्‍चालन गर्न पाइने पनि जनाईएको छ ।
यस्तो छ विज्ञप्ति

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी