जेष्ठ २ काठमाण्डौं । कोरोनाको बढ्दो संक्रमण र जोखिमसगँै नेपालमा सरकारले लकडाउन थप बढाउने तयारी गरेको छ । उपत्यकामा समेत तराईका जिल्लाहरुबाट आएकामा कोरोना संक्रमण देखिएको अन्य जिल्लामा संक्रमण बढ्दै २४ जिल्ला सम्म फैलिएको स्थितिमा लकडाउन थप्नुको विकल्प नरहेको सुझाव आज बसेको उच्च स्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समितिको अनौपचारीक बैठकमा आएको छ ।
चैत्र ११ गतेदेखि शुरु भएको लकडाउनको म्याद जेष्ठ ५ गते सकिदै छ ।
यस बिषयमा निर्णय भने अब बस्ने मन्त्रीपरिपाद्को बैठकले गर्ने छ ।
लकडाउन थपिदा पनि बढी जोमिख, जोखिमयुक्त र कम जोखिम युक्त क्षेत्र बगीकरण गरेर त्यसै अनुसार कतै खुकुलो पार्ने कतै कडा पार्ने मोडालिटि तय हुन सक्ने एक समितिका सदस्यले जानकारी दिए ।
सरकारले नेपालमा कामले, पारीवारीक भेटघाटका लागि या घुम्न आएका हङकङ र जापानमा बस्ने नेपालीहरुलाई फर्किने अनुमति पनि दिने निर्णय गरेको छ । उनीहरुलाई आफ्नै खर्चमा बिमान चार्टर गरेर जाने अनुमति दिईएको हो ।