तीन वर्ष अघि ईपिएस पास गरेकाले अझै जान पाएनन् कोरीया, तर परीक्षा बर्षे पिच्छे, बिचल्लिमा हजारौ युवा !

तीन वर्ष अघि ईपिएस पास गरेकाले अझै जान पाएनन् कोरीया, तर परीक्षा बर्षे पिच्छे, बिचल्लिमा हजारौ युवा !

  • शुक्रबार, जेष्ठ २, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.2K
    SHARES

जेष्ठ २ काठमाण्डौं । कोरीया कामदार पठाउने बिषयमा व्यवस्थापन गर्ने बिषयमा सरकारले उपयुक्त विकल्प तयार नपार्दा तीन बर्षदेखि भाषा परीक्षा पास गरेर बसेका हजारौ युवा अझै काममा जान पाएका छैनन् । जब कि उनीहरुको आवस्यक सबै कागजात पूरा हुदाँ समेत सन् २०१७ मै ईपिएस पास गरेका करीब एक हजार युवाहरुको ईस्यु जारी हुन बाकीँ रहेको छ । यसै मे महिनाबाट उनीहरुको रोष्टरको समेत म्याद सकिदैछ ।
ईपिएस पीडित नेपाल संघका संयोजक रोसन राईले महंगो ब्याजमा रिण काढेर, घर खेत बेचेर दुखः गरेर समेत भाषा पास गरेर पनि काममा जाने व्यवस्था नहुदाँ अहिले घर न घाटको हुने स्थिति आएको भन्दै गंभीर भएर समस्या समाधान गर्न सरकारलाई अपील गरेका छन् ।
ईपिएस पास गरे पछि साढे २ बर्ष मात्र योग्य हुने रोष्टर छ । कृषि उद्योग तर्फ छुट्याईने कामदारहरुलाई क्रमशः लाने गरीन्छ । तर कोरीयाले दिने कोटामा क्रमिक रुपमा पठाए पनि बर्षे पिच्छे भाषा परीक्षा लिएर आवस्यक भन्दा बढी छनौट भए पछि युवाहरु बेरोजगार बन्नु पर्ने अवस्था देखिएको छ ।


यसरी हामी गरीब जनताका छोराछोरीलाई आँखामा छारो हालिरहँदा ई।पी।एस। कार्यालय ग्वार्को मुक्दर्शक बनेर बसिरहेको छ । समग्र ईपीएस प्रणालीमा यति धेरै किन बेथिति ? हजारौंको भबिस्यमा खेलबाड गरेर १–२ जनाको भबिस्य बनाउनु औचित्य कतिको रहला ? हामी अत्यन्तै मर्माहत छौँ । ूकोरिया भाषा पास गर्नु कोरिया जानू ग्यारेन्टी होइनू थाहा छ ,तर कोरिया लैजाने सपना देखाएर नलैजान पाइएला र ? १यो अवस्थामा HRD Korea मा ध्यानाकर्षण गराई पहल गर्नुपर्ने ठाउँमा ईपीएस नेपाल गैरजिम्मेवारी देखिन्छ ।राईले भने ।
यस्ता छन् ईपिएस पीडितका माग र गुनासाहरुः

हाम्रो मागहरु;-
१)२०१७ का सबै पासरहरुको रोष्टर डेट १ बर्ष थप गरियोस ,
२) ई.पी.एस. प्रक्रियामा सामेल भई पुर्णरुपमा योग्य पासरलाई कोरिया लाने ग्यारेन्टी दिइयोस ,
३) २०२०/२०२१ को कृषि कोटा बन्द गरि पहिलोलाई प्राथमिक दिइयोस ,
५) ०१७/ को मेनुतर्फका पासर महिलाहरुलाई २०२० को मेनु कोटामा समाबेश गरिराइयोस ,
६)भाषा उतिर्ण गराउदा आबश्यक मात्रामा मात्रै उतिर्ण गराईयोस  ।
हाम्रो गुनासोहरु:-
१) यदि पासरहरु सबै लान नसक्ने भए किन आवस्यक भन्दा बढी पास गराईयो?
२) अघिल्लो वर्ष पास भएका योग्य पासरहरु धेरै हुँदा हुँदै किन पुन परिक्षा गरियो? यो सबै ई,पि,एस नेपालको समन्वय मा हुने काम हो,।
३)अहिलेको अवस्था हेर्दा April र May महिना भन्दा अगाडि Approve भएकाहरुको मात्र बढि issued भयो “April /May पछाडि Approve भएका हरुको किन भएन यो प्रकृयामा कस्को जिम्मेवारी हुन्छ HRD Korea अथवा, EPS Nepal कस्को दायित्व हुन्छ ??
४) यदि, हामी कोरिया जान नपाउने हो भने अहिले सम्मको खर्च , समयको मुल्यांकन , हाम्रो मेहनतको मुल्यांकन कस्ले गर्ने ?

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ