सत्तारुढ नेकपाको सचिवालय बैठक सकियो, स्थायी कमिटी बैठकबारे छलफल नै भएन

सत्तारुढ नेकपाको सचिवालय बैठक सकियो, स्थायी कमिटी बैठकबारे छलफल नै भएन

  • शुक्रबार, जेष्ठ २, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौं, २ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमकारे छलफल भएको छ ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास वालुवाटार बसेको बैठकमा शुक्रबार राट्रपतिले संसदमा प्रतुत गर्न लागेको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमकारे छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमका बारेमा सचिवालयको धारणा माग गरेका थिए । तर बैठकमा स्थायी कमिटी बैठकबारे छलफल नै भएन । प्रवक्ता श्रेष्ठले स्थायी कमिटी बैठकबारे सरकारको नीति तथा कार्यक्रमपछि छलफल हुने बताए ।

मिति तोकेपछि २ पटकसम्म स्थगित भएको स्थायी समिति बैठकबारे भने यस बैठकमा कुनै छलफल भएन प्रवक्ता श्रेष्ठले भने ‘आजको बैठकमा त्यसको कुनै टुंगो भएको छैन, नीति तथा कार्यक्रमपछि सचिवालय बैठकका बीचमा केही छलफल होला’ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ