काठमाडौं, २ जेठ । लगडाउन हुनभन्दा अघि नै पूर्वराजा ज्ञानेन्द्र शाह झापा पुगेका थिए । कोरोना संक्रमण बढ्ने संकेत देखेपछि सरकारले चैत ११ गतेबाट मुलुकभर लकडाउन गर्यो पूर्वराजा ज्ञानेन्द्र पनि पत्नि कोमल शाहासँगै झापामा नै थुनिए । लकडाउन क्रमय लम्बिदै गएपछि शाह परिवारले काठमाडौं फर्कन पासका लागि निवेदन दियो तर उनलाई संक्रमणको जोखिम बढेकाले पास दिन नसकिने भनेर सवारी पास दिईएन ।
जब पूर्वराजाले काठमाडौं फर्कन खोज्दा पास नदिएर सरकारले रोकेको भन्न्े समाचार बाहिरियो सामाजिक सन्जालहरुमा सरकारको व्यापक आलोचना र बिरोध सुरु भए ।
बिहीबार पूर्वराजा शाहले काठमाडौं आउनका लागि झापा जिल्ला प्रशासन कार्यालयमा पासका लागि निवेदन दिएका थिए। तर पास खारेज भएपछि प्रशासनले पुन पासका लागि गृहसँग अनुमति मागेको थियो। गृहले भने निवेदन पनि खारेज गरेको थियो ।
यो खबर बाहिरिएसँगै बिहीबार पूर्वराजालाई काठमाडौं आउन पास नदिइएको भन्दै आम नागरिक स्तरमा व्यापक विरोध भयो भने सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि पूर्वराजा शाहलाई पास नदिइएको भन्दै सरकारको आलोचना गरेका थिए ।
भएको थियो ।
यसपछि, शुक्रबार जिल्ला प्रशासन कार्यालयले इमेलमार्फत पुनः गृह मन्त्रालयलमा निवेदन पठाएर पूर्वराजा, पूर्वरानी कोमल शाहसहित पाँच जनाको सवारी पास जारी गरेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिएका छन् ।
अन्ततः उनलाई गृह मन्त्रालयले काठमाडौं फर्किने पास दियो । पास पाएपछि झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानस्थित निवासबाट पूर्वराजा आज बिहान काठमाडौं फिर्ता भएका प्रजिअ रानाले बताए ।
कोभिड –१९ को रोकथामका लागि सरकारले चैत ११ गते बन्दाबन्दी लागू गर्नुअघिदेखि उनी झापामा बस्दै आएका हुन् ।