काठमाडौं, २ जेठ । संघिय संसद बस्नुअघि अहिले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी सचिवालय बैठक बसिरहेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा संसदमा पेस गर्ने नीति तथा कार्यक्रममा छलफल भईरहेको एक नेताले बताएका छन् ।
संघिय संसदको बैठक आज अपरान्ह ४ बजे बस्दै छ । बैठकमा आर्थिक वर्ष २०७७ ७८ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेका सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline