भाेलीबाट जिल्लाभित्र पनि सवारी चलाउन नपाइने

भाेलीबाट जिल्लाभित्र पनि सवारी चलाउन नपाइने

  • शुक्रबार, जेष्ठ २, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.6K
    SHARES

काठमाडौं, २ जेठ । भाेलीदेखि जिल्लाभित्र पनि सवारी चलाउन नपाइने भएकाे छ । सरकारले शनिबारदेखि लागू हुनेगरी सवारीसाधन चलाउनका लागि यसअघि जारी भएका सबै पास रद्द गर्ने निर्णय गरेको छ ।

बिहीबारदेखि एक जिल्लाबाट अर्को जिल्ला जाने पास रद्द गरेको सरकारले शनिबारदेखि भने जिल्लाभित्रै पनि यसअघि वितरित पासलाई मान्यता नदिने निर्णय गरिएको हो ।

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले सञ्चारमाध्यमहरुलाई जेठ ३ गतेदेखि लागू हुने गरी यसअघि जारी भएका कुनैपनि पासले मान्यता नपाउने निर्णय गरेकेा हाे ।

कारोनाभाइरसको संक्रमण बढेसँगै गृहमन्त्रालयले लकडाउनलाई थप कडा बनाउन वितरित पास अमान्य बनाएको हो ।

नेपालमा हालसम्म २४९ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ