भारतमा अलपत्र परेका नेपाली फर्कनेक्रम रोकिएन, दशगजामा त्रिपाल मुनि बाँस बस्न बाध्य

भारतमा अलपत्र परेका नेपाली फर्कनेक्रम रोकिएन, दशगजामा त्रिपाल मुनि बाँस बस्न बाध्य

  • बिहिबार, जेष्ठ १, २०७७
  • डम्मर राज भट्ट

  • 13.5K
    SHARES

कन्चनपुर,  जेठ १ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल–भारतमा दुई महिनादेखि लकडाउन गरिएको छ । लकडाउनका कारण सीमा क्षेत्रमा सिलबन्दी गरिएपनि भारतबाट नेपाल प्रवेसका गरेका २० जना नेपालीलाई दशगजा क्षेत्रमै राखिएको छ । भारतका विभिन्न ठाँउबाट घर फर्किएका नेपाली जंगलको बाटो भएर नेपाल भारत कञ्चनपुरको महाकाली नगरपालिका ३ मायापुर जंगल दशगजा क्षेत्रमै राखिएको हो ।

उनीहरुलाई महाकाली नगरपालिकाले दैनिक खानपिनको व्यवस्थापन गरिरहेको छ । महाकाली नगरका प्रवक्ता दिल बहादुर सिजालीले भारतबाट धामधम आउन दिने र नेपाल सीमा क्षेत्रमा पुगेर भारतीय सुरक्षाकर्मीको जिम्मा लगाउँदा समेत भारतीय क्वारेन्टाईनमा नराखेपछि दशगजा क्षेत्रमै त्रिपाल टाँगेर राखिएको बताए । भारतबाट नेपाल फर्किने क्रम अझै रोकिएको छैन । भारतमा रोजगारी गुमेपछि उनीहरु पैदल वा आधा आधी मात्रै सवारी साधनमा नेपाल तर्फ आईरहेका छन् । कतिपय सीमावर्ती भारतीय गाउँका क्वारेन्टाईनमा राखिएका छन् । भने कतिपय लुकिछिपी नेपाल प्रवेस गरिरहेका छन् । तर, नेपाल प्रवेस गर्न खोज्नेहरुलाई भने सीमा क्षेत्रमै रोकेर राखिएको छ ।

भारतमा दैनिक खान लाउन र भारतीय सरकारले गासबासको उचित प्रबन्ध नगरेपछि जोखिम मोलेर घर फर्किएको उनीहरुले बताएका छन् । भारतबाट धमाधम नेपालीलाई प्रवेस गराउन थालेपछि नेपालमा जोखिम बढेको छ । उचित व्यवस्थापनका साथ भारतमा रहेका नेपालीलाई स्वदेश भित्र्राउनुपर्ने माग समेत बढिरहेको छ । लुकेर चोरीछिनी आउँदा संक्रमण बढ्ने भएकाले वैधानिक नाका भएर नेपाली प्रवेस गराए क्वारेन्टाईनमा राख्नुपर्ने भारतमा रहेका आफन्तको माग छ ।

भीमदत्त नगरपालिका १० का वडाध्यक्ष प्रमानन्द जोशीले भारतले छाडिदिदा नेपाली सुरक्षाकर्मीलाई अनावश्यक समय खर्चिनु परेको बताए। ‘दुवै देशविच सीमा क्षेत्रमा रोक लगाउने सहमती भयो, ‘उनले भने, ‘भारतले पालना गरेन्, त्यही भएर धमाधम छाडिरहेको छ ।’ अहिले पनि भीनपा ९ खेलमैदान र श्रीलङ्गा टोलमा ३० जना नेपाली रहेको बताए । ‘यो लुकामारी प्रवृतिले सुरक्षाकर्मीलाई समेत जोखिम बढाएको छ, ‘उनले भने, ‘आएकालाई हेर्ने हुन की आउनेलाई, यसतर्फ समेत सरकारले ध्यान दिनुपर्छ ।’

विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड९ १९ कोरोना भाइरस लाई रोकथाम साथै नियन्त्रणका लागि देशभर सरकारले लक डाउन लगाइएको बेलामा लुकिछिपी पश्चिमी क्षेत्रमा रहेको टनकपुर ९ब्रहम्देब नाका भएर नेपाल प्रवेश गर्नेहरु लाई नियन्त्रणमा लिएको छ। सनिवार राती लुकिछिपी विदेशबाट स्वदेश भित्रिएका ३० नेपाली मजदुरहरु भीमदत्त नगरपालिका वडा न. ९ मटैनामा रहेको खेल्मैदानको भलिबल कोर्टमा त्रिपाल मुन बाँस बस्न बाध्य भएका छ्न ।

भीमदत्त नगरपालिका १० का वडाध्यक्ष प्रमानन्द जोशीले भारतले छाडि दिदा नेपाली सुरक्षाकर्मीलाई अनावश्यक समय खर्चिनु परेको बताए। ‘दुवै देशविच सीमा क्षेत्रमा रोक लगाउने सहमती भयो, ‘उनले भने, ‘भारतले पालना गरेन्, त्यही भएर धमाधम छाडिरहेको छ ।’ अहिले पनि भीनपा ९ खेलमैदान र श्रीलङ्गा टोलमा ३० जना नेपाली रहेको बताए । ‘यो लुकामारी प्रवृतिले सुरक्षाकर्मीलाई समेत जोखिम बढाएको छ, ‘उनले भने, ‘आएकालाई हेर्ने हुन की आउनेलाई, यसतर्फ समेत सरकारले ध्यान दिनुपर्छ र भित्री सकेकालाई शिघ्र उचित बेवस्था सहित क्वारेन्टाइनमा राख्ने व्यवस्थापन हुनु पर्ने छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ