लिपुलेक कालापानीबाट भारत पछि नहटे राष्ट्रिय मुक्ति आन्दोलन अघि बढाउने नेकपाकाे चेतावनी

लिपुलेक कालापानीबाट भारत पछि नहटे राष्ट्रिय मुक्ति आन्दोलन अघि बढाउने नेकपाकाे चेतावनी

  • बिहिबार, जेष्ठ १, २०७७
  • मिर्मिरे अनलाइन

  • 21.9K
    SHARES

१ जेष्ठ, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले सम्पूर्ण राष्ट्रवादी नेपाली जनता एकजुट भएर राष्ट्रिय मुक्ति आन्दोलनद्वारा कालापानी, लिपुलेक र लिम्पियाधुरा मुक्त गर्ने बताएका छन् । उनले राष्ट्रिय मुक्ति आन्दोलनको कुशल नेतृत्व आफ्नो पार्टीले गर्ने धारणा पनि राखेका छन् ।
प्रकाण्डले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाली भूमि भारत सरकारलाई लिजमा दिन सकिन्छ भन्ने सरकारमा बस्नेहरूको धारणा साम्राज्यवादी, राष्ट्रघाती, जनद्रोही र आपराधिक भएको ठहर गर्दै कडा प्रतिवाद र भत्र्सना गरेका छन् । त्यस्ता अभिव्यक्तिहरू पार्टीले खारेज गरेको बताउँदै प्रकाण्डले उक्त भनाइ फिर्ता लिन चेतावनी पनि दिएका छन् ।
प्रकाण्डको विज्ञप्तिमा सरकारका परराष्ट्रमन्त्रीले नै सीमा अतिक्रमणको विषय नेपाल सरकारलाई कुनै जानकारी नभएको भनी दिएको अभिव्यक्ति आठौँ आश्चर्य भएको उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ