जेष्ठ १ बर्दिया । लिपुलेकमा भारतले सीमा अतिक्रमण गरेर बाटोको उद्घाटन गरेको विरोधमा आन्दोलनरत क्रान्तिकारी माओवादी, माओवादी केन्द्र , मशाल, माले, जनमोर्चा लगायतका नेता कार्यकर्तालाई प्रहरीले बर्दियाको गुलरियाबाट पक्राउ गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गर्न लागे पछि पक्राउ गरिएको प्रेस सेन्टरका अध्यक्ष तथा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य लोकराज जैशीले जानकारी दिए ।
यसै गरी चुन्नराम थारु, क्रान्तिकारी माओवादीका पिबिएम भूपेन्द्र न्यौपाने सहित मशाल, माले र जनमोर्चाका नेता कायकर्ता गरी ८ जनालाई प्रहरीले राधाकृष्ण चोकबाट नियन्त्रणमा लिएको हो ।
यो खबर तयार पार्दा सम्म उनीहरुलाई छाडिएको छैन । आजै राति रिहा गर्ने तयारी भने प्रहरीले गरेको बुझिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline