कञ्चनपुर, १ जेठ । चीनको बुहान शहरबाट देखिएको नोभल कोरोना भाईरसको विश्वभरी संक्रमण फैलिएको छ । कोरोना रोकथाम नियत्रणका लागि दक्षिण एसियाका नेपाल–भारत सरकारले सीमा शिलबन्दीदेखि लकडाउन गरेका छन् ।
दुई महिनादेखि दुवै देशमा लकडाउन गरिएपछि मुख्य गरेर रोजगारी एव गुजारा चलाउनका लागि भारत पसेका विपन्न वर्गका नेपालीको भारतमा यतिबेला विजोग भएको छ । लकडाउनका लागि भारतमा रोजगारीका क्षेत्र बन्द भएपछि त्यहाँ कार्यरत नेपाली मजदुरको बेहाल भएको छ । यतिसम्मकी उनीहरुलाई घरपेटीले भाडाकै विषयमा निकालिरहेका छन् । त्यहाँ रहेका नेपालीहरुले भारतमा नेपालीको दुख कष्टमात्र विजोग मात्र नभई हरिविजोग १ भएको बताएका छन् ।

भारतमा रहेका नेपाली भोकभोकै दिन काट्नदेखि पैदलघरतर्फ आईरहेका छन, तर उनीहरुलाई सरकारले नेपाल प्रवेस गर्न नदिएपछि पुन :उनीहरु भारतमा फकाईदा भारतीय प्रहरीबाट थप प्रताडित छन् । भारतमा रहेका नेपालीको उचित व्यवस्थापन एव नेपाल प्रवेस गर्न दिनुपर्ने माग अघि सारेर भारतीय आईकाँग्रेस उत्तरप्रदेशका महासचिव भुवन कपाडीले उत्तरप्रदेश उद्यमशिहनगर खटिमा शहिद पार्कमा धर्ना समेत गरेका थिए । भारतमा रहेका नेपालीले दिल्ली स्थित नेपाली दुतावासमा नेपालीमाथि परेको पीडा बारे अवगत गराएपनि कुनै सुनुवाई नै नगरेको गुनासो पोखेका छन् ।

भारतको रामपुरदेखि नेपालको कञ्चनपुरको झण्डै १ सय ४३ किलोमिटर दुरी छ । डेढ महिना अघि हरियाणा प्रदेशबाट नेपाल फर्किन लागेका थलरा गाउँपालिका बझाङ्गका ९२ जना जिप बुकिङ्ग गरेर आए । भारतका दुई प्रदेशबाट तेस्रो उत्तरप्रदेशमा पुग्दा त्यहाँको प्रहरीले रोकेर रामपुरको छात्राबास राखिदियो । ‘हामी हरियाणाबाट सीमासम्म पु¥याईदिने सर्तमा दोब्बर भाडा तिरेर आएका थियौँ, ‘रामपुर क्वारेन्टाईनमा रहेका थलारा गाउँपालिका १ बझाङ्गका लोकेन्द्र बोहराले भने, ‘जोखिम मोलेर आफ्नै मातृभूमि पुगौला सोचेको थियौँ, डेढ महिनादेखि हामी क्वारेन्टाईनमै बसेका छौँ ।’ उनले क्वारेन्टाईनमा विगत भन्दा अहिले दैनिक खानपान एव उचित बसोबासमा समस्या भईरहेको बताए । ‘हामी भन्दा बढि महिला, गर्भवर्ती एव सुत्केरी महिलालाई समस्या भईरहेको छ, ‘उनले भने, ‘यती विजोग हुँदा पनि हाम्रो बारेमा सरकारले केही सोचेको छैन् ।’ क्वारेन्टाईनमै गत २१ चैत्रमा हरकला दाहालले छोरा जन्माईन् । उनको नाम कोभिट राखिएको छ । बैशाख अन्तिम साता २२ बर्षिया सिता नेपालीको चार महिनाको गर्भ तुहिएको छ । भने त्यही क्वारेन्टाईमा रहेका दुई महिला धनसरा दाहाल र बिन्दु बोहरा गर्भवती छन् । सितालाई उच्च रक्तश्राव भएपछि उनको रामपुर स्थित सरकारी अस्पतालमा उपचार पछि पुन : क्वारेन्टाईनमै राखिएको छ ।

क्वारेन्टाईनमा उचित खानपान एव व्यवस्थापन अभावका कारण गर्भवती, सुत्केरी महिलाको बेहाल भएको छ । स्वास्थ्यकर्मीले पनि कोरोना महामारीको विषम परिस्थितिमा गर्भवति, सुत्केरी महिलाको विशेष निगरानी गर्र्दै स्वाहार सुहार र सुरक्षित राख्नुपर्नेमा सुझाव दिदै आएका छन् । महाकाली अस्पतालमा कार्यरत स्टाफ नर्स बविता विष्टले सुत्केरी एव गर्भवति महिलाको विशेष अवस्था रहेको बताउदै उनले यस्तो महामारीका बेला उनीहरु बढि जोखिमा पर्ने बताईन् । ‘महिलाको शारिरिक अवस्था पनि कमजोर बन्छ, ‘उनले भनिन, ‘यो समय आमाको विशेष स्याहरसुहार गर्नुपर्छ ।’ क्वारेन्टाईनमा समेत महिलाका लागि उचित व्यवस्थापन हुनुपर्ने बताउदै उनले आमा शिशुको स्वास्थ्यका लागि पोषिलायुक्त खाने परिवार र उचित बसोबासको प्रबन्ध गर्नुपर्ने बताईन् । ‘सुत्केरीका बेला महिलाको ईम्यूनिटी शक्ति घट्दै जान्छ , ‘उनले भनिन, ‘समयमै स्याहार गर्न नसके, दिर्घकालमा समेत शिशु र आमाको स्वास्थ्यमा असर पर्छ ।’ समाजिक दुरी कायम गरेर महिला र शिशुको स्वास्थ्यमा ध्यान दिनुपर्ने उनले बताईन् । ‘यस्तो परिस्थितिमा समाजिक दुरी कायम गर्र्दै सुत्केरी, गर्भवति महिलालाई छुट्टै व्यवस्थापन गर्न नसके अरुबाट आमा आमाबाट शिशुमा रोग सर्नसक्छ, ‘उनले भिनिन्, ‘अहिलेको मुख्य चुनौती गर्भवति महिला र सुत्केरीको सुरक्षा पनि हो ।’
‘चुनावका बेला मतदाता खोज्दै दैलो चहार्ने, संकटका बेला हामीमाथि वेवास्ता गरियो’
भारतमा रहेका नेपालीले सरकारले आफुहरुलाई नागरिकको रुपमा नहेरेको बताएका छन् ।

अपिसाईपाल नेपाली एकता समाज भारत सुभाव नगरका अध्यक्ष बासुदेव जोशी९बादल०ले भारतका कामगर्ने नेपालीलाई सरकारले दोस्रो दर्जाको नागरिकका रुपमा हेर्दा आफुहरु महासंकटमा पर्दा समेत कुनै पहल नभएको दुखेसो पोखे । उनका अनुसार दिल्लीभर झण्डै २७ हजार नेपाली रहेका छन् । ‘हजारौँको रोजगार गुमेको छ, ‘उनले भने, ‘कतिपयलाई घरपेटीले निकाला गरिदियो, केही सडकमै रात काट्छन् ।’ भोकभोकै अर्काको देशमा मर्नुभन्दा पैदलै घरतर्फपनि जाँदा देशप्रवेस गर्न नपाएको उनको दुखेसो छ ।‘ चुनावका बेला हाम्रा घर दैलोमा पुगेर भोट माग्दै दैलो चहार्दै आउँने दल सरकारमा गएपछि हामी प्रदेशमा संकटमा परेका बेला सरकारले हाम्रो पीडा बुझेन, ‘उनले भने, ‘चुनावका बेला सम्झिने राजनीतिक दलले अहिले हामी विदेशमा मर्दा समेत कुनै पहल गरिदिएन् ।’ दुताबासलाई भारतमा रहेका नेपालीको विजोगबारे पटक पटक अवगत गराउँदा समेत कुनै वास्ता नराखेको उनले बताए । ‘हाम्रा नेपाली भारतमा खान नपाएर भोकभोकै मर्नुपर्ने अवस्था आएको छ, ‘उनले भने, ‘यसमा सरकारले न प्रवेस गर्न दिएको छ, न व्यवस्थापन गरेको छ ।’ उनले कुनैपनि नेता, सरकारले भारतमा रहेका नेपालीको विषयमा पहल समेत नगरेकाले चिन्तित भएको बताए । ‘चिनबाट धनीवर्गका नेपालीलाई हवाईजहाजबाट उद्दार गरेर ल्याउने सरकारले हामी आफै घर जाँदा पनि सीमा क्षेत्रमा प्रवेस गर्न दिएको छैन, ‘उनले भने, ‘हामीमाथि चरम विभेद भयो ।’ भारतमा अलपत्र परेका नेपाली स्वदेश फिर्ताको माग राख्दै दैनिक आन्दोलन भारतमा अलप ‘चिनबाट धनीवर्गका नेपालीलाई हवाईजहाजबाट उद्दार गरेर ल्याउने सरकारले हामी आफै घर जाँदा पनि सीमा क्षेत्रमा प्रवेस गर्न दिएको छैन, ‘उनले भने, ‘हामीमाथि चरम विभेद भयो ।’

भारतमा अलपत्र परेका नेपाली स्वदेश फिर्ताको माग राख्दै दैनिक आन्दोलन भारतमा अलपत्र परेका नेपालीको उद्दार र जिल्ला प्रवेसको माग राख्दै महाकाली नगरपालिकामा स्थानीयले दैनिक आन्दोलन गरिरहेका छन् । महाकाली नगरका प्रवक्ता दिल बहादुर सिजालीले भारतबाट फर्किने नेपाली दैनिक जसो लुकिछीपी नेपाल आईरहेको बताए । उनका अनुसार बिहीबार पनि दशगजा क्षेत्रमा नेपाली आएर बसेका छन् । ‘भारतबाट दैनिक लुकिछिपी आईका आएई छन, ‘उनले भने, ‘यहाँ दैनिक स्थानीयले आन्दोलन गरेका छन्, न प्रवेस पाएका छन, न उतै भारतमा उचित व्यवस्थापन भईरहेको छ, हामी जनप्रतिनिधीलाई हैरानी मात्रै भएको छ ।’
उनीहरुले कहिले नगरपालिका, कहिले नगर प्रमुख, वडाध्यक्ष एव स्थानीय स्तरमा आन्दोलन गरिरहेका छन् । सीमावर्ती पुनर्वास नगरपालिका ९का वडाध्यक्ष नारायण जैसीले भारतमा रहेका एव भारतीय क्वारेन्टाईनमा रहेका नेपाली स्वदेश प्रवेसको माग अघि सारेर स्थानीयले दवाव दिईरहेको बताए ।‘सरकारले भारतमा रहेका नेपालीको विषयमा ठोस पहल गरेको छैन, ‘उनले भने, ‘यस्तो स्थितिमा नेपालीहरु भारतबाट लुकिछिपी आईरहेका छन् । यसले झनै जोखिम बढाएको छ ।’ यस अघि ४० दिन भारतीय क्वारेन्टाईन रहेका २ सय ४२ जना नेपालीलाई भारतीयले रातारात नेपाली सीमा कटाएको थियो ।
नेपालीहरु यति पीडित हुदा समेत सरकारले वास्ता नगरेको र व्यवस्था नगरेको भन्दै नेपालीहरुले पीडा पोखिरहेका छन् ।