कोरोना बढ्न थाले पछि सरकारले पनि लकडाउन र आवतजावतमा कडाई गर्न थाल्यो

कोरोना बढ्न थाले पछि सरकारले पनि लकडाउन र आवतजावतमा कडाई गर्न थाल्यो

  • बिहिबार, जेष्ठ १, २०७७
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

जेष्ठ १ काठमाण्डौ । देशमा निरन्तर कोरोना संक्रमण बढ्न थाले पछि सरकारले लकडाउन र आवतजावतमा कडाई थालेको छ । आजदेखि कतिपय संक्रमण भेटिएका जिल्लाहरु सिल गरिएका छन् भने एक जिल्लाबाट अर्को जिल्लामा जाने क्रम रोकिएको छ ।
त्यसै गरी गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यलय मार्फत वितरण गरेको सबै पास खारेज गरेको छ ।
अब पुरानो पास लिएर कोही पनि हिड्न पाउने छैनन् । प्रहरीले पसल बन्द गराउनेदेखि लकडाउन उलंघन गर्नेलाई पक्राउ समेत गर्न थालेको छ । काठमाण्डौ र भक्तपुरमा समेत कोरोना भेटिए पछि सरकारले कडाई थालेको हो ।

गृह मन्त्रालयले यसअघि जिल्ला प्रशासन कार्यालयले जारी गरेका सबै पास खारेज गर्ने निर्णय गरेको छ । शनिबार जेठ ३ गतेदेखि लागू हुनेगरी मन्त्रालयले जिल्लाभित्र सवारी साधन सञ्चालनका लागि दिइएका सबै पास खारेज गर्ने निर्णय गरेको मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले जानकारी दिए ।

‘यसअघि आजबाट लागू हुनेगरी एक जिल्लाबाट अर्को जिल्लामा प्रवेशका लागि सवारी साधनलाई दिइएको पास खारेज गरिएको थियो’, सूचना अधिकारीसमेत रहेका उपसचिव अधिकारीले भने, ‘आज जिल्लाभित्र सवारी सञ्चालनका लागि जिल्ला प्रशासनले दिइएका सवारी पाससमेत खारेज गर्ने निर्णय भएको छ ।’

यसअघि कोरोना भाइरस ९कोभिड–१९० संक्रमित थपिदै गएपछि गृहमन्त्रालयले आवतजावतमा कडाई गर्ने निर्णय गर्दै जेठ १ गतेदेखि एक जिल्लादेखि अर्को जिल्लामा अनुमति दिइएका इपास र अन्य पास रद्द गर्ने निर्णय गरेको थियो

गृहले अत्यावश्यक अवस्थामा एक जिल्लाबाट अर्को जिल्लामा जाने पास जारी गर्नुपरेमा जारी गर्ने जिल्लाले पुग्ने जिल्लाको प्रमुख जिल्ला अधिकारीको स्विकृतिमा मात्रै जारी गर्नुपर्ने, अत्यावश्यक अवस्थामा काठमाडौं उपत्यका बाहिरका जिल्लाबाट काठमाडौं उपत्यकाभित्र प्रवेशका लागि सवारी पास जारी गर्नुपरेमा गृहमन्त्रालयको स्वीकृति लिनुपर्ने, पास जारी गर्दा पासमा गृहमन्त्रालयको स्वीकृति नम्बर समेत समावेश गर्नुपर्ने, पास स्वीकृतिका लागि अनुरोध गर्दा पास जारी गर्नुपर्ने प्रयोजन र पुस्ट्याइ समेत खुलाउनुपर्ने, पासबिना सवारी आवागमन भएको पाइए तत्काल सुरु जिल्लाले नै अर्को जिल्ला पुग्नु अगावै सवारी आवागमन रोक्ने व्यवस्था मिलाउने निर्णय गरेको थियो ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मन्त्रालयले आवतजावतमा कडाई गरेको हो । नेपालमा अहिलेसम्म २४६ जनामा कोरोना पोजिटिभ पुष्टि भएको छ । जसमध्ये ३५ जना भने निको भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ