गैर सरकारी संघ संस्थालाई कस्दै ससद

गैर सरकारी संघ संस्थालाई कस्दै ससद

  • बिहिबार, जेष्ठ १, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

जेष्ठ १ काठमाण्डौं । मुलुकमा संचालनमा रहेका गैर सरकारी संस्थाहरूको सम्पत्ति कोरोना भाइरस संक्रमण सम्बन्धी उपचारमा लगाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

कोरोना भाइरस महामारीको बेलामा गैर सरकारी संस्थाहरुको अपेक्षित रुपमा परिचालन हुन नसकेकोमा असन्तुष्टि जनाउँदै प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले उक्त निर्देशन दिएको हो ।

समिति सभापति निरु पालले विपद्को बेलामा गैरसरकारी संस्थाहरूबाट अपेक्षित कार्य हुन नसकेको देखिएको बताइन् ।
अधिकाश सासदहरुले गैर सरकारी संस्थाको स्रोत साधन परिचालन नभएकोमा असन्तुष्टी जनाएका थिए ।

गैरसरकारी संस्थासँग रहेकफो स्रोत र साधनको अधिकाधिक प्रयोग गर्नरगराउन समितिले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समितिको ध्यानाकर्षण गराउँदै सरकारलाई निर्देशन दिएको हो ।

त्यस्तै, समाज कल्याण परिषद्को अनुगमन मूल्यांकनका लागि तोकेको रकम घटाउन पनि समितिले निर्देशन दिएको छ ।
महामारीका बेला हजारौ गैर सरकारी संस्था काम नआकोमा सांसदहरुको असन्तुष्टी थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ