कञ्चनपुर, १ जेठ । नोभल कोरोना भाईरस९कोडिभ १९०को विश्वभरी संक्रमण फैलिएको छ । विश्वभरीका स्वाथ्यकर्मीलाई महामारीका बेला कसरी नागरिकको स्वाथ्य सुरक्षित पार्ने भन्ने चिन्ता छ, तर लकडाउनको मौकाछोपी कञ्चनपुरका निजी मेडिकल क्लिनिकका संचालकले नागरिकको स्वास्थ्य सुधार भन्दा पनि खेलवार्डतर्फ ध्यान केन्द्रीत गरेका छन् । सरकारले कोरोनाबाट बाँच्नका लागि लकडान गरेको छ । अन्य व्यवसायिक एव पसल बन्द भएपनि औषधी पसल एव अस्पताल २४ सै घण्टा खुला गर्न दिने र कुनै रोकटोक गरेको छैन, गरिदैनपनि । तर कञ्चनपुरका विभिन्न निजी मेडिकलका संचालकले कमाउने मौका भन्दै नागरिककोृ स्वास्थ्यमा खेलवार्ड गरिरहेको पाईएको छ ।

लकडाउनको मौकाछोपी सकभर बिरामी चेकजाँच गर्न आलटाल गर्ने गरिहाले म्याद गुुज्रिएका औषधी भिडाँउने त्यो पनि साविक मुल्य भन्दा बढि रकम अशुल्ने गरेको पाईएको छ । नागरिक स्तरबाट निजी मेडिकलहरुले लुट मच्चाएको हरेक औषधीमा बढि रकम लिएको गुनासो बढेपछि जिल्ला स्थित सरोकारवाला निकायले बजार संयुक्त बजार अनुगमन थालेको छ । यसैसातादेखि जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत खगेन्द्र भारती नेतृत्वको संयुक्त बजार अनुगमन टोलीले कञ्चनपुरका विभिन्न औषधी पसलबाट म्याद गुज्रिएका औषधी चर्को रकममा बिक्रि वितरण गरेको फेला पारेको छ । संयुक्त बजार अनुगमन टोलीले शुक्लाफाँटा नगरपालिका १० झलारी बजारको अविशेक आयुर्वेद मेडिकल हल, जिवन मेडिकल हल, शिवशक्ति आयुर्वेद औषधी पसल, कार्की मेडिकल स्टोरमा म्याद गुज्रिएका औषध फेला पारेको हो ।
टोलीले भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारमा रहेका जेके मेडिकल, निर्मल मेडिकल हलमा म्याद सकिएका औषधी भेटिएका छन् । भने नागार्जुन मेडिकल हलले क्लिनिक नविकरण नगरेको पाईएको छ । महेन्द्रनगरका सम्झाना मेडिकल हल, दोगडा केदार भूमिराज फार्मेसी, झलारीका सुवास फार्मेसी, प्रख्यात मेडिकलमा कुनै कैफियत नदेखिएको र उनीहरुले नियमसंगत मेडिकलमा संचालन गरेको पाईएको छ । संयुक्त बजार अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालयका तर्फबाट गएका प्रतिनिधी बेदप्रकास चौधरीले उक्त मेडिकलहरुमा म्याद सकिएका औषधी बिक्रि वितरणका लागि राखिएको भेटिएको बताए । ‘मेडिकल जस्तो संवेदनशील व्यवसायमा म्याद सकिएका औषधी बिक्रिदेखि बढि रकम लिएको पाएका छौँ, ‘उनले भने, ‘उनीहरुलाई सात दिन भित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन समेत निर्देशन दिएका छौँ ।’ केही दिन पहिले म्याद सकिएका औषधी बिक्रि गरेको पाईएपछि महेन्द्रनगरको तिवारी मेडिकललाई जरिवाना गराएको थियो । उक्त मेडिकललाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम १५ हजार जरिवाना तोकिएको जनाएको छ ।
तर कञ्चनपुरका औषधी व्यवसायीले महामारीका बेला कालोबजारी नगरेको दावि गर्दै आएका छन् । निजी औषधी पसलको साझा संस्था नेपाल औषधी व्यवसायी संघका अध्यक्ष रामचन्द्र बुढाले म्याद सकिएको वा गलत काम नगरेको दावि गरेका छन् । ‘मैले सबै औषधी पसल एव व्यवसायीसंग पटक पटक आग्रह गरेको छु, ‘उनले भने, ‘दुई हात जोडेर महामारीका बेला कालोबजारी नगर्नुहोस, एक जनाको बदमासीले समाजिक प्रतिष्ठा र आशा र भरोसाप्रति विश्वास नगुमाउनुहोस ।’ नागरिकको स्वास्थ्यमा खेलवार्ड गर्ने कुनैपनि औषधी व्यवसायीलाई बचाउन नसकिने उनको भनाई छ ।

बजारमा ईन्दारितापुर्वक काम गर्ने औषधी पसल पनि छन्, गैर कानुनी काम गर्ने पनि छन् , राम्रालाई पुरुस्कार र नराम्रालाई दण्डित गर्न उपभोक्ताले माग अघि सारेका छन् । यही हो मौका भन्दै अहिलेसम्म बिक्रि नभएका गोदामा थन्क्याईएका औषधी बिक्रि वितरण गर्न उद्यत रहेको भन्दै उपभोक्ता, अधिकारवादीले जिल्लाका ९ वटै पालिकामा एकसाथ बजार अनुगमन तिव्र गर्नुपर्नेमा सुझाव दिदै आएका छन् ।