रुसमा कोरोना संक्रमित धेरै तर मृत्यु कम किन ? कारण यस्ता छन्

रुसमा कोरोना संक्रमित धेरै तर मृत्यु कम किन ? कारण यस्ता छन्

  • बिहिबार, जेष्ठ १, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

जेष्ठ १ एजेन्सी । विगत दुई साप्तामा सबै भन्दा धेरै कोरोना संक्रमित हुने देशमा अमेरीका, रुस र ब्राजिल छन् । यी तीन वटै देश सबै भन्दा जनघनत्व बढी भएको शीर्ष दश देश भित्र पर्दछन् । करोडौ जनंख्या छ , कैयौ ठूला शहरहरु छन् । यी तीनै देशलाई महामारी आफ्नो देशमा पनि फैलन्छ भन्ने शुरुमा विस्वास थिएन ।
यी सबैमा संक्रमणका मामलामा उस्तै प्रवृति देखिए पनि रुसमा मृत्यु दरमा निकै भिन्नता छ । जहाँ कोरोना संक्रमितको प्रतिशतका हिशाबले मृत्यु दर धेरै न्युन छ । जोन हप्किन्स विश्व विद्यालयको पछिल्लो तथ्यांक अनुसार अमेरीकामा कोरोना संक्रमिताके मृत्यु दर ६ प्रतिशत छ भने ब्राजिलमा ७ प्रतिशत करीब छ । जब कि रुसमा करीब २ प्रतिशत मात्र देखिन्छ ।
पश्चिम युरोपको ब्रिटेन, ईटाली, फ्रान्स होस् या स्पेन, बेल्जियम ती देशहरुमा मृत्युदर औसत १० प्रतिशत देखिन्छ ।


रुसमा यति धेरै मृत्यु कम किन भयो त ?
रुसको स्वास्थ्य मन्त्रालयाम संक्रामक रोगका प्रमुख डा.एलीना मैलिनिकोवाले रुसमा कम मानिसको मृत्यु हुनका कारण मानिसहरुको संक्रमण सही समयमै पत्ता लाग्नु, मानिसहरुले शंका लाग्ने वित्तिकै चिकित्सकहरसगँ सम्पर्क गरीरहेका छन् र उपचार गराईरहेका छन् ।
रुसी सञ्चारमाध्यमहरुका अनुसार कोरोना भाईरसको संक्रमणको जति केस आएको छ त्सको ६० प्रतिशत संक्रमित राजधानी मस्कोका छन् । जहाँका अधिकाश जवान मान्छेहरु बस्दछन् र उनीहरु धेरै स्वस्थ्य छन् । तर ग्रामिण ईलााकमा भने भिन्न छ ।
रुसमा प्रत्यक दश लाख नागरिक मध्य ४१ ह्जार भन्दा बढीको कोरोना परीक्षण भएको छ । जब कि ब्राजिलमा ३४ सय ५९ को मात्र भएको छ । यति सम्म कि अमेरीकामा समेत रुसको तुलनामा कम परीक्षण भएको छ । अमेरीकामा प्रति दश लाख ३० हजार ९ सय ३७ जनामा मात्रै परीक्षण भएको छ । स्वीजरल्याण्ड, जर्मनी जस्ता देशले शुरुमै अत्याधिक परीक्षण गरेका कारण उनीहरुको मृत्युदर कम छ । यस्तो किन भयो भने शुरुमै संक्रमण पत्ता लागेर उपचार पाउदा धेरै मानिसको मृत्यु हुन पाएन । यसकारण अधिक संख्यामा परीक्षण जरुरी हुने देखियो । स्वयं त्यस देशका प्रधानमन्त्री समेत संक्रमित छन् तर पनि मृत्यु दर विश्वमै सबै भन्दा कम जस्तो देखिन्छ ।
जब कि हाम्रो देशमा प्रति दश लाख ६ सय भन्दा पनि कम परीक्षण भएको छ ।
ज्स्तै पुरुष, अधिक उमेरका मानिस, मुटुका रोगी, फोक्सोसगँ सम्बन्धित रोगी, र मोटा मानिसहरुमा कोरोना बढी खतरनाक साबित हुने देखिएको छ । ब्राजिल, रुस अमेरीका जहाँ भए पनि कोरोना संक्रमित मध्य धेरै प्रतिशतमा पुरुषहरु मारिएका छन् ।
विश्व बैंकका अनुसार रुसको १५ प्रतिशत जनसंख्या ६५ बर्ष भन्दा बढीको छ । अमेरीकामा ६ प्रतिशत र ब्राजिलमा ९ प्रतिशत छ ।रुसका ५७ प्रतिशत पुरुष र २३ प्रशित महिलाहरु धुम्रपान गर्दछन् ।

तर पनि रुसमा कम संक्रमितको मृत्यु हुनाको कारण स्वास्थ्य प्रणाली र सुविधा अधिक गुणस्तरीय हुनुलाई पनि मान्दैछन् कतिपयले ।
जे भए पनि कम मृत्युदर रुसमा हुनु र परीक्षण दर बढी हुनु सकारात्मक पाटो हो । रुसमा आज सम्म २ लाख ४२ हजार संक्रमित छन् भने २२ सय १२ जनाको मात्रै मृत्यु भएको छ । ४८ हजार बढी मानिस निको भएर घर फर्किएका छन् ।
रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले यस अघि नै कोरोनाले केही क्षति हुने तर यसमाथि रुसले बिजय हासिल गर्ने बताएका थिए ।
रुसले परम्परागत अर्थोंडक्स औषधी र उपचार विधि पनि प्रयोगमा ल्याएको छ भने मेडिकल पढिरहेका सबै जसो विद्यार्थीलाई समेत उपचार र परीक्षणमा खटाईरहेको छ । साथै कोरोना विरुद्धको औषधी पनि निकट भविष्यमै ट्रायल गर्ने तयारी भएको रुसी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ