विराटनगर, १ जेठ । मोरङको उर्लाबारी नगरपालिका ४ का ३९ वर्षीय तोमकुमार लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय १५ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।बुधवार बिहान घरमा कोहि नभएको मौका छोपि बालिकालाई ललाईफकाई घरमा लगेर बलात्कार गरेका थिए ।
खेतमा काम गर्न गएकी पत्नी घर फर्कदा लिम्बुले कोठामा बालिकालाई राखेको थाहाँ पाएपछि आशंका लागेर ढोका बन्द गरि गाउँलेलाई बोलाउदा बालिकालाई बलात्कार गरेको खुलेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास राईले जानकारी दिए ।सोधपुछका क्रममा बालिकाले पनि आफुमाथि बलात्कार भएको बताएकी थिईन् । उनको विराटनगरस्थित कोसी अस्पतालमा गरिएको स्वास्थ्य परिक्षणको प्रारम्भिक रिपोर्टमा पनि बालिका बलात्कृत भएको देखाएको प्रहरीले जनाएको छ।
तोमकुमारबिरुद्ध जवरजस्ती करणी मुद्दा चलाउन अनुसन्धान सुरु गरिएको राईले बताए। गाउँलेले घटना थाहा पाएपछि तोमकुमार जंगलतर्फ भागेका थिए । सो क्रममा लडेर टाउकोमा चोट समेत लागेको छ ।
प्रनि राईका अनुसार परिवारका सबै खेतमा काम गर्न गएको तर तोमकुमार बहाना बनाएर घरमै बसेपछि श्रीमतिलाई आशंका लागेर बिचैमा काम छोडेर आएको र उक्त घटना सार्वजनिक भएको हो ।
उनले भने, बालिकामाथि बलात्बकार भएपछि पत्नीले नै पतिलाई कानुनी दायरामा ल्याएर कार्वाहिका लागि सहयोग गरेकी छिन् ।फाेटाेः अन्नपूर्णबाट