जेष्ठ १ काठमाण्डौं । कोरोना संक्रमितको संख्या २ सय ५० पुगेको भनेर बिहान स्वास्थ्य मन्त्रालयले जानकारी गराएको तथ्याकं नै गलत भएको पुष्टी भएको छ ।
मन्त्रालयले सो लाई प्राविधिक त्रुटी भन्दै २ सय ४५ नै संक्रमित भएको भनेर बिहान सवा १० बजे अर्को विज्ञप्ति सार्वजनिक गरेको छ ।यस अघि सरकारले बिहान विज्ञप्ति जारी गरेर ५ जना नयाँ संक्रमित थपिएको र कुल संख्या २ सय ५० पुगेको उल्लेख गरेको थियो ।
तर पछि अर्को विज्ञप्ति जारी गरेर सच्याएको हो । स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा समीर कुमार अधिकारीले दुबै विज्ञप्ति जारी गरेका हुन् ।
यसअघि मन्त्रालयले ७.४५ बजे जारी गरेको विज्ञप्तिमा धनुषा, महोत्तरी र सर्लाही तीन जिल्लाका पाँच जना नयाँ सङ्क्रमित भनिएकामा सच्याइएको उहाँले जानकारी दिनुभयो । “अद्यावधिक विवरणअनुसार कोभिड –१९ को पुष्टि भएकाहरुको जम्मा संख्या २४५ नै रहेको छ”, उहाँले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, “ पछिल्लो अद्यावधिक विवरणअनुसार २५० भएकामा प्राविधिक कारणले पहिल्यै नै पुष्टि भएका पाँच जनाको विवरण पुनः रिर्पोटिङ भएको जानकारी गराउन चाहन्छु ।”
यसअघि मन्त्रालयले २५० जनामा कोभिड –१९ भएको पुष्टि गरेको थियो । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले आज देखिएका नयाँ संक्रमितमध्ये काठमाडौँ, चन्द्रागिरिका ३२ वर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिका रहेको बताउनुभयो । मन्त्रालयले पहिले बिहान ६.१५ बजे दुई र पछि ७.४५ बजे पाँच जना नयाँ संक्रमित भन्दै विज्ञप्तिमार्फत जानकारी गराएको थियो ।
यो पछिल्लो विज्ञप्तिः

त्यस अघि जारी भएको विज्ञप्ति यस्तो थियो :
