नारायणी अस्पतालको आइसोलेसन वार्डबाट भागेका एक संक्रमित पक्राउ, अर्काको खोजी जारी

नारायणी अस्पतालको आइसोलेसन वार्डबाट भागेका एक संक्रमित पक्राउ, अर्काको खोजी जारी

  • बुधबार, बैशाख ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

वैशाख ३१, वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालको आइसोलेसन वार्डबाट फरार भएका दुईमध्ये एकजनालाई पक्राउ परेका छन् । उनलाई तिलावे खोला नजिकैबाट पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख एसपि गंगा पन्तले जानकारी दिनुभयो ।

अर्का एक जना भने अझै फरार छन् । उनको खोजी भईरहेको पन्तले बताउनु भयो ।

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायका अनुसार बुधबार अपरान्ह करिब ४ बजेको समयमा शौचालयको भेन्टिलेसन भाँचेर दुईजना भागेका थिए । फरार भएका दुबैजनामा मंगलबार कोभिड १९ संक्रमण पुष्टि भएको थियो ।

उनीहरु अस्पतालको सर्जिकल वार्डमा बनाइएको आइसोलेसन वार्डको शौचालयबाट दुबै संक्रमित फरार भएका थिए । मंगलबार एकै दिन पर्सामा ५७ जनामा कोरोना पुष्टि भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ