आज थप २४ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २४३ पुग्याे

आज थप २४ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २४३ पुग्याे

  • बुधबार, बैशाख ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.8K
    SHARES

३१ वैशाख, काठमाडौं । बुधवार थप २४ जना काेराेना संक्रमित बिरामी भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला  काठमाडौं र प्रादेशिक जनस्वास्थ्य प्रयाेगशाला रुपन्देहीमा भएका परीक्षणमा संक्रमण पुष्टि भएकाे हाे ।

थप २४ जना नयाँ संक्रमित भेटिएकाे साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिज्ञप्तिमार्फत जानकारी दिएकाे हाे । मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार  रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । ३५ जना निको भएर घर फर्किएका छन् । तर  ३ जनामा पुन: संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ ।

बुधबार संक्रमण पुष्टि हुनेहरुमा रुपन्देहीका २२, २२, २५, २८, ३०, ३२, ३३ र ४१ वर्षीय पुरुष तथा ४ र १० वर्षीया बालिकासहित २८ वर्षीया महिला रहेका छन् ।  त्यस्तै कपिलवस्तुका २२, २९, ३२, ४०, ४०, ४०, ४२ र ४२ तथा पर्साका ३६ र ७४ वर्षीय पुरुष तथा ३६ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको हो ।

उता, नवलपरासीका ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ  । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेकाे अधिकारीले जानकारी दिनुभयाे ।

हालसम्म पर्सामा ८५, उदयपुरमा ३२, कपिलवस्तुमा ३८, बाँकेमा २५, रुपन्देहीमा २८, काठमाडौंमा ६, कैलालीमा ४, रौतहट र बारामा ३/३ तथा बागलुङ, चितवन, झापा, सर्लाही, महोत्तरी, धनुषा र भक्तपुरमा २/२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, सप्तरी, बर्दिया, कञ्चनपुर र नवलपरासीमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ