सरकारले बेलैमा काम नगर्दा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी संक्रमित भएः काँग्रेस

सरकारले बेलैमा काम नगर्दा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी संक्रमित भएः काँग्रेस

  • बुधबार, बैशाख ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

बैशाख ३१ काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले बेलैमा प्रभावकारी काम नगर्दा अग्र पक्तिमा खटिरहेका स्वास्थ्यकर्मी, सञ्चारकर्मी र सुरक्षाकर्मी संक्रमित हुन पुगेको भन्दै सरकारको आलोचना गरेको छ ।

सरकारले स्वास्थ्य सामग्री खरिद तथा पिसिआर परीक्षणमा ढिलाइ गर्दा यो अवस्था आएको काँग्रेको धारणा छ ।
आज पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले ५० दिनको बीचमा सरकारले पिसीआर परीक्षणको दायरा बढाउन सकेन,पर्याप्त स्वास्थ्य सामाग्री ल्याउन सकेन भन्दै विरोध जनाए ।

स्वास्थ्य सामाग्रीमा अनियमितता भएको बिषय समेत दुखद भन्दै काँग्रेसले विरोध गरेको छ ।

साथै विदेशमा रोजगारी गुमाएका र अप्ठ्यारोमा परेकालाई स्वदेश ल्याउन पनि  शर्माले माग गरे ।

जनता कोरोनाको सन्त्रासमा रहेका बेला प्रधानमन्त्री सत्ताको खेलमा लागेको शर्माले टिप्पणी गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ