भारतले अतिक्रमण गरेको लिपुलेकको बिषयमा छलफल गर्न प्रधानमन्त्रीद्धारा सर्बदलीय बैठक आब्हान

भारतले अतिक्रमण गरेको लिपुलेकको बिषयमा छलफल गर्न प्रधानमन्त्रीद्धारा सर्बदलीय बैठक आब्हान

  • बुधबार, बैशाख ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

काठमाडौं, बैशाख ३१ । प्रधानमन्त्री केपी ओलीले भारतले नेपाली भूमि मिचेर लिपुलेकमा सडक बनाए पछि उत्पन्न परिस्थितिका बिषयमा छलफल गर्न सर्बदलीय बैठक आव्हान गरेका छन् ।
पूर्व प्रधानमन्त्रीहरु समेतलाई बोलाईएको उक्त सर्बदलीय बैठक बालुवाटारमा अपरान्ह ४ बजे पछि बस्ने जनाईएको छ ।
यस अघि गत कार्तिकमा पनि भारतले नेपाली भुभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा ल्याए पछि प्रधानमन्त्रीले सर्वदलीय बैठक राखेर वार्ताका लागि भारतलाई पत्राचार गरेको थियो ।
तर उपयुक्त समयमा वार्ता गर्ने भन्दै टार्दै आएको भारतले पुनः सडक नै उद्घाटन गरे पछि अझ बिबाद बढेको छ ।

धारतको धार्चुलाबाट चीनको मानसरोवर जान नेपालको दार्चुला जिल्लाको लिपुलेक–कालापानी हुँदै डेढ दशकदेखि सडक निर्माण गरिरहेको भारतले गत शुक्रबार उक्त सडक ट्रयाकको उदघाटन गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ