बैशाख ३१ काठमाण्डौं । नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध जनवर्गीय संगठन तथा जातीय मोर्चाले भारतले लिपुलेकमा नेपाली भूमिमा सडक बनाएको विरोधमा प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । कार्यक्रममा सहभागी दर्जनौ नेता कार्यकर्ता प्रहरीले पक्राउ गरेर पुलिस क्लबमा राखेको क्रान्तिकारी माओवादीले जनाएको छ ।
गिरफ्तार गरिएका नेताहरुमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष तथा नेवाः राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठ, महासंघका महासचिव नगेन्द्र राई, क्रान्तिकारी माओवादीका पोलिटब्यूरो सदस्य सुरेश श्रेष्ठ, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा.जगदीशचन्द्र भण्डारी, क्रान्तिकारी युवा लिगका अध्यक्ष अमीर महर्जन, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष इश्वर तिमिल्सिना, महासचिव बसन्त बोगटी, अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, महासचिव पेशल दाहाल, अनेमसंघ (क्रान्तिकारी)की महासचिव शारदा महत, सचिव रुपा गेलाल, पार्टी केस गोविन्द पौडेल, देजमो केस तथा ललितपुर जिल्ला अध्यक्ष इन्दिरा अधिकारी, नेवाः मोर्चाका उपाध्यक्ष गोर्की श्रेष्ठ, शिव श्रेष्ठ लगायतका रहेको सो पार्टीले जनाएको छ ।
सरकारले भारतले गरेको सीमा अतिक्रमण बिरुद्ध भईरहेका आन्दोलनमा निरन्तर हस्तषेप र धरपकड गर्दै आएको छ ।
